आज प्रतिनिधिसभाको बैठक, नीति तथा कार्यक्रमबारे छलफल हुने  

राजनीति समाचार

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज संसद भवन नयाँ कानेश्वरमा बस्दैछ । बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।

सदनको आजको बैठकमा आगामी वर्षको लागि राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत गर्दै छलफल सुरु हुने कार्यसूचीय संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।

सम्भावित कार्यसूची अनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *