आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले एक साता लामो स्पेन भ्रमणबारे जानकारी दिने

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले स्पेन भ्रमणबारे जानकारी दिन लागेका हुन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्क्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाईंको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *