काठमाडौंको बजेट ल्याउने प्रक्रियामा सबै जनप्रतिनिधिलाई एक ठाउँमा सहभागिता जनाउन उपप्रमुख डंगोलको अपिल

राजनीति वाग्मती प्रदेश समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेट ल्याउने प्रक्रियामा सबै जनप्रतिनिधिलाई एक ठाउँमा सहभागिता जनाउन अपिल गरेकी छिन् ।

मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख कार्यकारी अधिकृतबीचको असमझदारीका कारण काठमाडौं महानगरपालिकाले संविधानले तोकिदिएको मिति असार १० बजे आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन सकेको छैन । उपमेयर डंगोलले बजेट ल्याउनका लागि खुला छलफल गर्न र सबै जनप्रतिनिधिलाई एक ठाउँमा हातेमालो गरी अघि बढ्न अपिल गरेकी हुन् ।

कानुनी व्यवस्था अनुसार स्थानीय तहले असार १० गते नै बजेट प्रस्तुत गर्नुपर्ने र मसान्तभित्र पारित गरिसक्नुपर्छ । तर आजसम्म पनि बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठक मात्रै होइन, बजेट तर्जुमा तथा कार्यत्रम समिति र मेयर नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता महत्वपूर्ण समितिका बैठकसमेत बस्न नसकेको भन्दै उपमेयर डंगोलले सकारात्मक प्रयासका लागि आग्रह गरेकी हुन् ।

आईतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मेयर बालेनलाई बोलाएर यस विषयमा छलफल समेत गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *