युवक मृत फेला

समाचार

काठमाडौं। काठमाडौंको मूलपानीमा २२ वर्षीय एक युवक मृत भेटिएका छन् ।

काँडाघारी स्थित मोटरसाइकल वर्कशपमा कार्यरत बाजुरा घर भएका २२ वर्षीय धर्मराज शाही मृत अवस्थामा भेटिएका हुन् ।​

प्रहरी स्रोतका अनुसार मूलपानीमा पैंयुको रुखमा पासो लागेर झुन्डिँदा बिहिबार भुईँमा शव खसेको अवस्थामा उनको भेटिएकोजनाएको छ । मृतकका आफन्तहरुले घटना शंकास्पद भएको दाबी गर्दै अनुसन्धान गर्न माग गरेका छन् ।

प्लाष्टिक र कपडाले गाँसिएको डोरी चुँडेको अवस्थामा भेटिएको छ। उनका आफन्तले उनी केहि दिनअघि मात्र बाजुराबाट काठमाडौं आएको बताए ।

शाहको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *