समाजवादीका मन्त्री फेरिए, सँगै मन्त्रीको पद धरापमा

समाचार

काठमाडौं । पार्टी विभाजन गर्ने तर मन्त्रिपरिषद्बाट नहट्ने धम्की दिँदै आएका नेकपा एकीकृतका चारजना सांसदले पार्टीबाट हार खाएका छन् । सांसद नभएको व्यक्तिलाई मन्त्रीमा सिफारिस गर्ने महिला मन्त्री नराख्ने निर्णयबाहेक उनीहरुले उठाएका १० सुत्रीय अवधारणाप्रति पार्टीले चासो दिने अवस्था भएन । एकीकृतले मन्त्रीको लागि नाम पठाउँदा त्यो निर्णय अस्वीकार गर्नेगरी प्रेम आले, कृष्णकुमार श्रेष्ठ, रामकुमारी झाँक्री र विरोध खतिवडाले पार्टीको पूर्वशर्त मानेका थिएनन् । उनीहरुले आफुहरु ६ जना सांसदसँगै विज्ञप्ति प्रकाशन गरेर पार्टी नै फुटाउने गतिविधि बुझेर ६ जना सांसद फिर्ता भए ।
तर एकीकृत समाजवपादी यही संख्याबाट विभाजित हुने अवस्था थिएन । तर शनिबार केन्द्रीय समितिको बैठकमा पनि गएनन् । सत्ता गठबन्धन अबको चुनावमा पनि हुने अवस्था छ । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा गरेको घात संघीय निर्वाचन र प्रदेश निर्वाचनमा नहुने विश्वास दिएको बताइन्छ । कांग्रेसलाई गठबन्धन भत्कँदा पुनः वामपन्थीहरुलाई मिलाउने काम गर्न चीन लाग्छ भन्ने जानकारी कांग्रेसलाई छ । कम्युनिष्टको नाममा एमालेका केपी ओलीले चलाएको तानाशाही प्रवृत्ति चीनले बुझेको छैन भन्दैछन् । ओलीका भ्रष्ट र बिचौलियाले चुनाव जिताउन वाम गठबन्धनु गर्नु आवश्यक छैन । एकीकृत समाजवादी पार्टीमा भएको विवाद अन्य पार्टीमा जाने ठाउँ छैन । केपीलाई सहयोग गर्ने ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेलजस्ता नेतालाई गठबन्धन चाहिएको आरोप छ । त्यही कारण गठबन्धन भन्दै हिँड्ने मौका परे माओवादीका नेता प्रचण्डको खेदो खन्ने काम तिनै नेताले गरेका छन् । एकीकृत समाजवादीमा झलनाथको रोग त्यही बन्दैछ । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता गर्न जेठ २२ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई लिस्ट बुझाएको थियो । तर सत्ता गठबन्धन भित्र छलफल बिना एकीकृत पार्टीले मात्र मन्त्री फिर्ता गर्न नयाँ नाम पठायो । एकीकृत पार्टीको कारण कांग्रेसका नेता उमाकान्त चौधरी, उमा रेग्मी, माओवादीका जनार्दन शर्मा, जसपाका महेन्द्र यादव, रेणु यादवसम्मको पद धरमरमा छ । अन्य मन्त्रीको पद पनि धरापमा पर्ने देखिन्छ । यस्तै चीनले वामपन्थी मिलेमा नेपालमा उद्योग व्यवसाय चलायमान हुन्छ भन्ने कुरा नबुझ्दा वामपन्थी गठबन्धन भनेको हुनसक्छ । एमाले र कांग्रेसमा अन्तर छैन । एमालेले सिकाएको नीतिगत भ्रष्टाचारमा माओवादीका जनार्दन शर्माहरु पनि लागेकै छन् ।
चुनाव भयो, गठबन्धन भयो भने पनि पार्टीले जनार्दनलाई टिकट दिन्छ । जनता ढाँट्न जनार्दनले सक्छन् । वामदेव गौतम पनि दुधले नुहाएको ब्राम्हण होइनन् । सहिदका छोरा छोरीको नाममा छोरालाई चीन पठाउने क्रान्तिकारी हुन् । वामदेव ओलीको भजन गाउँदै पार्टी एकता प्रक्रियाको कुनै सम्झौता कार्यान्वयन नगर्ने पक्षमा देखिन्छन् । एमाले पार्टी फुट्दा कतै नलाग्ने भनेका गौतमले ओलीको दमनकारी नीतिको पूर्ण रुपमा समर्थन गरेर आफ्नै हैसियत प्रदर्शन गर्दा एकता अभियानको नाटक फुस्स हुँदैछ । यसैबीच एकीकृतका चार मन्त्री फिर्ता गरी अन्य चारलाई पठाउन पार्टी सफल भयो । तीमध्ये रामकुमारी झाँक्रीको रोदन र आक्रोश राजनीतिमा सत्ता लिप्साको स्वार्थ थियो । विरोध खतिवडा, प्रमे आले, किसान श्रेष्ठ सहज ठाने । मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, भवानी खापुङ, हिरा केसी मन्त्री भएका छन् । श्रेष्ठ पर्यटन, कुँवर श्रम, खापुङ स्वास्थ्य, चौधरी सहरी विकास छन् भने हिरा केसी स्वास्थ्य राज्यमन्त्री छन् । अध्यक्ष माधवले पार्टी सचिवालय र पोलिटव्यूरोबाट सहमति गराएको २२ दिनमा मन्त्री हेरफेर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *