नेपाल–भारतबीच पहिलो चरणमा १५ हजार टन युरिया नेपाल पठाउने सहमति

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल र भारतबीच पहिलो चरणमा १५ हजार टन युरिया मल नेपाल पठाउने सहमति भएको छ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर ९आरसिएफ०ले कृषि सामग्री संस्थानको वीरगन्जस्थित गोदामसम्म उक्त मात्रामा युरिया पुर्याइदिने सहमति भएको छ ।

नेपालले भारत सरकारसँग बर्सेनि १ लाख ५० हजार टन युरिया मल किन्ने सम्झौता गरेको छ । गत फेब्रुअरी २२ मा भएको सम्झौताअनुसार पहिलो खेप नेपाल जाने भएको हो ।

भारतले नेपालका लागि टेन्डर प्रक्रियाबाट किनेर आपूर्ति गर्दा धेरै समय लाग्ने भएकाले ‘फास्ट ट्र्याक’मा मल उपलब्ध गराइदिन नेपालले आग्रह गर्दै आएको थियो । त्यही आग्रहअनुसार भारत सरकार तत्काललाई आफ्नै ‘स्टक’ मलको आपूर्ति गरिदिन सहमत भएको हो ।

मलको आपूर्ति प्रक्रियाका लागि कृषि सामग्री संस्थानका महाप्रबन्धक राजेन्द्रबहादुर कार्की एक सातादेखि भारतमा छन् । भारतको आरसिएफका अधिकारीसँग छलफलका लागि मुम्बई पुगेका कार्कीले पहिलो खेपको आपूर्तिको सुनिश्चितता भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *