बजारमा अखाद्य वस्तु मिसावटसँगै राजश्व छलि गर्नेहरुको ताँती

राजनीति समाचार

काठमाडौं । बजारमा अखाद्य वस्तु मिसावट गरी विक्रिवितरण हुदाँ आम सर्वसाधारणहरु क्यान्सरजस्ता गम्भिर रोगका सिकार बनिरहेका छन् । बजारमा अखाद्य वस्तु मिसावटसँगै जगंफुड, मदिरा, सुर्तीजन्य पदार्थ, चिनियुक्त पदार्थहरु र विषादी फलफुलको कारणले गर्दा वर्षेनी डेल लाखभन्दा माथि सर्वसाधारणहरु विभिन्न रोगका सिकार बनिरहेका छन् । सरकारले त्यस्ता व्यपारीलाई अनुगमन गरी कारबाही गर्न पनि सकेको छैन ।

बजारमा पाइने पियपदार्थमा कोक, फ्यान्टा, केमिकलयुक्त जुस, प्रशस्त पाइने गर्दछ । त्यसैगरी चिनिबाट उत्पादित पियपदार्थहरुमा मिठाईका खानेकुराहरु पर्दछनन् । त्यस्तै मदिरा पानले पनि केमिकलयुक्त मदिरा उत्पादन गरी विक्रिवितरण हुँदा अधिकांश मानिसहरु कलेजो, मुटु, फोक्सो, मुखको क्यान्सर जस्ता नसर्ने रोगको सिकार बन्दै आएका छन् । धुम्रपान गर्ने व्यक्तिहरु बढि क्यान्सरका रोगी बन्ने गरेको तथ्याङ्मा उल्लेख छ । त्यसैगरी जंकफुडमा चाउचाउ, विस्कुट, प्याकेटयुक्त वस्तु, चिप्स, कुरमुरे जस्ता खानेकुराहरु उपभोक्ताले बढि प्रयोग गर्ने गरेका छन् ।

त्यसले गर्दा आम मानिसहरु पेटसम्बन्धि रोग, पाइल्स, फिसर, फिस्तुला जस्ता रोग लाग्ने पाइन्छ । अर्काेतर्फ बजारमा अखाद्य वस्तु मिसावटले गर्दा आम उपभोक्ताहरु अखाद्य वस्तु खान बाध्य भएका छन् । त्यसले गर्दा पनि धेरै मानिसहरुमा विभिन्न रोगले सताउन थालेको छ । तर सरकारले यस्ता विचौलिया र व्यापारीहरुलाई अनुगमन गरी कारबाही गर्न सकेको छैन । सरकार अन्य काममा अल्झिरहेको छ भने यता व्यापारीहरुले अखाद्य वस्तु मिसावट गरिएका खाद्यान्नहरु विक्रिवितरण गरेर राजश्व छलिरहेका छन् ।

बजारमा राजश्व छलि गर्नेहरुको ठुलो संख्या रहेको छ । खासगरी राजश्व चुहावट हुने वस्तुहरुमा पेस्ता दाना, काजु, किसमिस, छोकडा, सुपारी, लुवाङ, सुकुमेल, अलैची, जस्ता चिजहरुमा खुलमखुला राजश्व चुहावट हुने गरेका छन् । यस्ता विषयमा नत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ध्यान दिएको छ नत वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागले नै ध्यान दिएको पाइन्छ । तर उपभोक्ताहरु दिनप्रतिदिन अखाद्यवस्तु सेवन गर्न बाध्य छन् भने महङ्गी पनि त्यत्तिकै बढेको छ । त्यसले गर्दा आम सर्वसाधारण रोगको सिकारसँगै महङ्गीको मार खेपिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *