२० लाखको चिनी बरामद

समाचार

परासी । पश्चिम नवलपरासीको प्रहरीले आइतबार भारतीय नाकाबाट अवैधरुपमा नेपाल भित्रिएको १४ लाख बराबरको चिनी प्रहरीले बरामद गरेको छ । जिल्लाको बर्दघाटबाट ना ६ ख २३८८ र ना ७ ख २०१५ नम्बरको ट्रकमा ल्याउँदै गरेको ४ सय १८ बोरा चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।

अवैधरुपमा चिनी नेपाल भित्रिएको समाचार कान्तिपुर र अन्य सञ्चारमाध्ययममा समाचार प्रकाशित भएपछि सुरक्षा निकायले सर्तकता बढाएको हो । यसअघि शुक्रबार प्रतापपुर धर्मौलीबाट १ सय १८ क्विनटल चिनी बरामद गरेर महेशपुर भन्सार चलान गरिएको थियो ।

यसअघि भारततर्फ हरियो केराउ तस्करी हुने गरेकोमा भारत र नेपालमा मूल्य बराबर भएपछि तस्करले भारत बाट नोपलतर्फ चिनी तस्करी गर्न थालेका हुन् । भारतमा भन्दा नोपलमा प्रति किलो १५ रुपैयाँ चिनी महँगो भएपछि चिनी तस्करी बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *