सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेबिट कार्ड र क्रेडिट कार्डवाहकले क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी भुक्तानी कारोबार गर्न सक्ने बताइएको छ ।

साथै मोको डिजिटल वालेटमा कार्डहरू लोड गरिसकेपछि विभिन्न प्रयोजनका लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *