महामन्त्री द्वय तातिँदा सभापति सेलाए

राजनीति समाचार

काठमाडौं । सरकारको नेतृत्व गरिराखेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सम्पन्न स्थानीय निर्वचनको समिक्षा गर्दै आगामी आमनिर्वाचनका लागि राणनीति तयार गर्न बैठक गरिरहँदा नेतृत्व तहमा विवाद पनि बढ्न थालेको छ ।

गत सातादेखि सम्पन्न स्थानीय निर्वाचनको समिक्षा गर्न भनेर बसेको केन्द्रीय कार्यसमितिको बैठकमा गत शुक्रबार सभापति देउवाले इतर पक्षले घेरिराखेको भुमिकाप्रति तिब्र आक्रोश व्यक्त गरेका थिए ।

सभापति कोइरालाले असन्तुष्ट पक्षप्रति आक्रोस व्यक्त गर्दै उनीहरु नसकिए पार्टी विधान संशोधन गरेर आफू फेरि तेस्रो कार्यकालको लागि सभापति चयन हुने समेत चेतावनी दिएका थिए । सभापति देउवाले गत साताको बुधबार बत्तीस पुतलीको एउटा पार्टी प्यालेसमा संस्थापना इतर पक्षले बोलाएको घेराप्रति आक्रोस हुँदै यो चेतावनी दिएका थिए ।

सभापति देउवाले दिएको चुनौतिप्रति महामन्त्री गगन थापा र विश्वप्रकश शर्माले एकसाथ आक्रोस व्यक्त गर्दै सभापतिलाई एकलौटी ढंगले पार्टी सञ्चालन नगर्न चेतावनी दिए । यसै गरी महामन्त्री द्वइ थापा र शर्माले सभापति देउवा जस्तै आफूहरु पनि निर्वाचन भएर नै महामन्त्रीको जिम्मेवारीमा आइपुगेको स्मरण गराएका थिए ।

यसैगरी उनीहरुले पार्टी विधानअनुसार ६ महिनाभित्र पार्टीका केन्द्रीय विभाग तथा संगठनलाई पूर्णता दिनुपर्छ भन्दा सभापति देउवाको आलोचना कसरी भयो र वहाँलाइ असयोग गरेको कसरी भयो भने प्रश्न गरेका थिए । अहिले हजारौँ कांग्रेसका युवाकार्यकर्ता जिम्मेवारीविहिन गज्रिराखेका छन् ।

तर, सभपति देउवाले भने पार्टीका २८ वटा विधानलाई नेतृत्व विहिन अवस्थाबाट लगिराखेका छन् भन्दै यो अवस्थामा नेतृत्वको ‘ओम जय जगडीश हरे’ घन्टी बजाउन नसक्ने भन्दै महामन्त्री द्वइ शर्मा र थापाले सभापति पत्नी कटाक्ष्य गरेका थिए । दुईजना निर्वाचित महामन्त्री एकदलिय आफूविरुद्ध आक्रमक ढंगले प्रस्तुत भएपछि सभापति देउवा पत्नी रक्षाको स्थितीमा पुगेका थिए ।

उनले शेखर कोइराला लगायतका सबै साथीलाई संगै लिएर अगाडि बढ्ने बचन दिएका थिए । यसरी सम्पन्न स्थानिय निर्वाचनको समिक्षा गर्दै आगामी आम निर्वाचनका लागि रणनीति तयार गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमतिको बैठक सभापति र महामन्त्रीका बीचको वाकयुद्धमा प्रयोग भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *