काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै सन्दीपले आफू क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका हुन् । उनले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय गर्दै क्रिकेट वा आफ्ना लागि राष्ट्रबाट एक कदम टाढा नभई व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम रहेको क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन् ।
क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख पाउँथे । सन्दीप हाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजका लागि राष्ट्रिय टिममा रहेका छन् र उनी आजै टिमसँग त्यसतर्फ जादै छन् ।