चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना पक्राउ

समाचार

काठमाडौं । राजधानीको लैनचौरबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् ।

बुधबार साँझ एक समूहले चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा लगेर राखेको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौती समेत माग गरिएको बुझिएको छ । लगत्तै खटिएको प्रहरीले अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै ६ जनालाई पक्राउ गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *