अधिकांश कर्मचारी राजनीति गर्दै राज्यको सम्पतीमा मोज मस्ती गर्दै

समाचार

काठमाडांै । आगामी निर्वाचनलाई लक्षित गरेर सिंहदरबारमा भिडभाड लाग्न थालेको छ । नेता, कार्यकर्तादेखि सरुवा, बढुवा हुने कर्मचारीहरुको समेत भिडलाग्ने गरेको छ । खासगरी यतिबेला राजनीतिक दलका कार्यकर्ताहरु सिंहदरबारमा ताँती लाग्न थालेका हुन् । यतिबेला सिंहदरबारभित्र छिरेर विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु मन्त्री, नेताहरुसँग फोटो खिच्ने, फेसबुकमा हाल्ने गरिराखेका छन् । उता विभिन्न मन्त्रालयका मन्त्री पनि कसरी हुन्छ निर्वाचनको खर्चकोजोहो गर्न र पार्टीलाई चन्दा उठाउन थालेका समाचारहरु बनाउन थालेका छन् । कर्मचारीभित्र पनि चुनावको रन्को लागेको छ । कर्मचारीहरुले पनि कसरी चुनाव चाँजोपाँजो मिलाउने र खर्च उठाउन सकिन्छ भनेर लागिपरेका छन् । यस्तै पार्टी निकटका कर्मचारी संघसंगठनले भेला, गोष्ठीदेखि कार्यकर्ता संगठन गर्न लागिपरेका छन् । कतिपय कर्मचारी नेता आफ्नो संगठन बलियो बनाउने र पार्टीका नेतालाई जिताउने भरसक आपूmले भनेको नेता र पार्टीलाई जिताउन सहयोग गर्ने र खर्चपानीको जोहो गर्ने, पार्टीलाई चन्दा दिने भनेर मरिमेटेर लागेका छन् । नेताहरुले पनि आफ्नो पार्टी निकटका कर्मचारी खोजीखोजी आफ्नो जिल्ला र चुनावी क्षेत्रतिर सरुवा गर्ने गरेका छन् । कतिपय सहसचिव, उपसचिव जस्ता कर्मचारीको सरुवा भइसकेको छ । कर्मचारी सरुवा गरेर आफ्नो आफ्नो क्षेत्र अनुसार प्रदेश र स्थानीय तहमा लान लागिपरेका छन् । यस्तै अधिकांश राजनीतिक पार्टीका मन्त्रीले आफ्नो रोजाइमा परेका कर्मचारी सरुवा गरेका छन् । यस्तै नेपाली कांग्रेसतर्पmबाट नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, कर्मचारी संगठन र विस्तारमा लागेका छन् । उता एमाले समर्थक नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला पूर्व अध्यक्ष केदार देवकोटा संगठनकै माधव नेपाल खेमाका भाला पोखरेलले एमाले केपी ओली निकट भएपछि यतिखेर कर्मचारी संगठन विस्तारमा लागेका छन् । यस्तै उपाध्यक्ष भएका रेमन्त गौतम पहिला एमाले कालमा बामदेव निकट थिए । अहिले एमाले संगठनको उपाध्यक्ष रहेका छन् । उनीपनि यतिबेला संगठन विस्तरको लागि भन्दै सरुवा भएको ठाउँमा नगइकन संगठन विस्तारमा लागेका छन् । कर्मचारी संगठनकै महासचिव जीवन काफ्ले देश दौडाहामा हिँडेका छन् । उता माओवादी केन्द्रको राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल पनि संगठन विस्तारमा जुटेका छन् । हरि रावल प्रचण्ड जस्तै बारम्बार संगठनको अध्यक्ष बारम्बार बनिरहेका छन् । मधेसी समूहबाट भुवनेश्वर चौधरी संगठन विस्तारमा जुटेका छन् । यस्तै एस पार्टीबाट खोलिएको एकीकृत सहकारी कर्मचारी संगठन खोलेर अध्यक्ष भएका महोन घिमिरे संगठन विस्तार भन्दै आमाचकारी गर्दै कर्मचारी संगठन विस्तार गर्ने भन्दै हिँडेका छन् ।
तर, महोन घिमिरे एकीकृत समाजवादी कर्मचारी संगठनको अध्यक्ष भएपनि कर्मचारीले खासै मन पराउँदैनन् । किन भने उनी रुखो स्वभावका सबैलाई आमाचकारी गालीगलौज गर्ने कर्मचारीको रुपमा चिनिन्छन् । उनको काम संगठनलाई भँजाएर खाने एउटै कार्यालयमा वषौं बस्ने, एकअर्कालाई नसहने र पहिला एमाले संगठनमा बस्दा तत्कालीन ट्रेडयुनियनका अध्यक्ष पुण्य ढकाललाई लाजै नमानी मैले त पुण्य ढकाललाई चड्कन हानेको भन्दै धाकधक्कु लगाउने गर्दथे । भोला पोखरेलजस्ता व्यक्ति संगठनमा बसेर गुलामी गर्नु छैन भन्दै कर्मचारीको भलाई गर्ने व्यक्ति मै हुँ भन्दै सिंहदरबारभित्रको एक क्यान्टिनमा गफ चुटिरहेका हुन्थ्ये । पहिला माधव नेपालको खेदो खनेका महोन घिमिरे अहिले खाँटी माधव नेपाल भएका छन् । माधव नेपाललाई भँजाएर खान पल्केका छन् । उता एमाले कर्मचारी संगठनका अध्यक्ष लेखनाथ पहिला माधव नेपालको पक्षमा थिए । पुण्य ढकालले एमाले संगठनको अध्यक्ष बनाएका छन् । पुण्ये ढकाल गृहमन्त्रालयमा बसेर केपी ओली सरकारका गृशप्रशासनमा बसेर सिडियोसमेत भएका थिए । गृहको प्रशासन शाखामा बसेर कर्मचारी सरुवामा व्यापक चलखेल गरी पुस्तौको लागि सम्पत्ति कमाएको बताइन्छ ।
विभिन्न आयोजनादेखि मालदार ठाउँमा आफ्ना वरिपरिका व्यक्ति पठाएर राम्रो आम्दानी गरेको बताइन्छ । हाल पुण्य ढकाल अमेरिका घुमघामा रमाएका छन् । तर, सधैं केपी ओलीको भजन कृतन गाएर नथाक्ने केदार देवकोटाले पनि आफ्ना वरिपरिका व्यक्तिलाई मालदार स्थानीय निकायमा आफ्नो मान्छे पठाएका छन् । आफ्नो फेबरका कर्मचारी खटाइका छन् र चुनावी खर्चको जोहो गरेको र पार्टीलाई भँजाउँदै अर्थमन्त्रालयभित्र चलखेल गरेको बताइन्छ । जे होस् राष्ट्र सेवक कर्मचारीको नामा राज्यको सम्पत्तिमा खेलवाड गरिराखेका छन् । केदार देवकोटा सधैं सम्पत्तिको आडमा रमाउने कर्मचारीमा गनिन्छन् । उता भोला पोखरेलले चाहीं कहिले माधव कहिले केपी भनेर लाग्दा कर्मचारीले विश्वास गरिहाल्दैनन् । यस्तै संघीय मामिला स्थानीय मन्त्रालयमा लामो समयसम्म बसेर कर्मचारी सरुवामा चलखेल गर्दै पैसा असुल्दै आएका रामचन्द्र आसी भन्ने कर्मचारीले जग्गा प्लटिङ गरेर बेच्ने र आधा कमिसन पार्टीलाई चन्दा दिएको गफ मन्त्रालयमा कर्मचारीबीच चल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *