सहरीका सचिवको कन्सल्ट्यान्सी धन्दा

समाचार

काठमाडौं । सचिवको मुख्य काम के हो ? मन्त्रीले बनाएका नीति नियम कार्यन्वयन गर्ने,मन्त्रालय चुस्त दुरुस्त राख्ने तर मन्त्रालय चुस्त राख्नेभन्दा कुस्त कमाउने धन्दामा सक्रिय शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले अघिल्लो साता मन्त्रालयमै झण्डै बाघे झाप्पु भेटेका छन् ।
चाहिने काम नगर्ने,नचाहिने काम मात्र गर्ने भ्रष्ट स्वभावका सचिव सिंहले शहरी मातहतका जति पनि काम हुन्छन् ती सबै काम आफ्नै कन्सलटेन्सीमार्फत गराउँदै आएका छन् । भनिन्छ,यसकै लागि उनले विभिन्न फरक ५ वटा कन्सलटेन्सी नै दर्ता गराएका छन् र तिनै कन्सलटेन्सीलाई मन्त्रालयका अधिकांश काम दिदै आएका छन् । यस्ता धन्दामा सक्रिय सिंहको कन्सलटेन्सीमा सौता पस्न खोजे पछि अघिल्लो साता सिंहदरबारभित्रै झडपको स्थिती बनेको कर्मचारी स्रोतले जनाएको छ ।
अबको दुई महिना पछि अर्थात मंसिरमा उमेर हद लागेर घर फर्किने तयारीमा रहेका सिंह त्यो अघि नै अकुत र सक्दो कमाउने ध्याउन्नमा छन् । त्यहाँ मन्त्रीका एक स्वकीयले सचिवबाट काम खोसेर आफ्नो निकटको कन्सलटेन्सीलाई दिन खोजेपछि लफडा भएको उक्त स्रोतले भनेको छ । विवाद चर्किदैं गएपछि मन्त्रीको स्वकीय भूमण्डप केसीले सचिव सिंहलाई तँ भ्रष्टचारीलाई पख्लास ! समेत भन्नुपरेको कर्मचारीहरु सुनाउँछन् । तर भूमपण्डप भने उक्त कुरा स्वीकार गर्न तयार छैनन । उनले शहरी विकासका हरेक ठेक्कापट्टामा जोडिँदै र विवादमा मुछिदैं आएका सचिव रमेश सिंहले मनलाग्दी ढंगले कर्मचारी सरुवा गर्ने,भेट्न आएका व्यक्तिहरुसँग भेट गर्न नमान्ने,ठेक्का पट्टामा समेत मनोमानी गर्ने गरेको गुनासो चुलिएपछि आफूले सहजीकरणमात्र गर्न खोजेको तर सचिव सिंहले मन्त्रीसँग बाहेक अरुसँग कुराकानी गर्दिन भन्दै बटारिए पछि चर्काचर्की मात्र परेको सुनाए ।
आफूले सचिवसँग कुराकानी गर्न जाँदा मन्त्रीसँग बाहेकअरुसँग केही कुरै गर्दिन भनेपछि विवाद भएको भूमण्डपको कथन छ । त्यही कारण अपरान्ह तीनबजेबाट शुरु भएको विवाद लम्बिएर झण्डै साढे तीनसम्म लम्बिएपछि सचिवको कार्यकक्ष वरपर रमिता हेर्ने कर्मचारीहरुको भीड लागेको थियो । भूमाण्डपले उसो भए मन्त्रीको सचिवालयको के अर्थ ? भन्दै प्रश्न गरे पनि सचिव निरुत्तर भएका थिए । लचिला र सोझा मन्त्री मेटमणि चौधरीलाई बाइपास गर्दै कर्मचारी सरुवादेखि ठेक्कापट्टासमेत आफ्नै कम्पनी र कन्सलटेन्सीहरुलाई दिँदै आएको मन्त्रीका सचिवलायको आरोप छ । सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले त इन्जिनियर हुँदादेखि सचिव हुँदासम्म सहरी विकास विभागका सबै परामर्श कामको ठेक्का मिलेमतोमा आफ्नै कन्सलटेन्सीको नाममा लिने गरेकार उनका पाँच वटा कन्सलटेन्सी रहेको स्रोतको भनाई छ । इन्जिनियर हुँदा आफ्नो परिवारका नाममा खोलेका कम्पनीहरु अहिले पनि विभिन्न व्यक्तिका नाममा राखेर उनले वार्षिक २० औं करोडका ठेक्का लिने गरेका आरोप सचिव माथि छ । आगामी तीन महिनापछि नै उमेर हद लागेर घर फर्कन लागेका सचिव सिंहले यस अघि मन्त्री मोम्हदम इश्तियाक राईलाई समेत प्रभावमा पारेर ठेक्काका गोप्य डकुमेन्ट समेत हेर्ने र आफ्नो कम्पनीलाई मात्र मूल्यांकनमा पार्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।
चाकडीमा पिचडी उपाधि गरेका सचिव सिंह रामकुमारी झाक्री मन्त्री हुँदा उनको पार्टीको कामको सिलसिलामा धनकुटा पुग्दा सचिव समेत मन्त्रीकै पछि पछि लागेर धनकुटा पुगेका थिए । शहरी मन्त्रालयको कार्यक्रम विराटनगरमा सम्पन्न हुँदासमेत सचिव सिंह भने समाजवादी पार्टीको कार्याक्रम रहेको धनकुटा पछि लागेर पुग्नुलाई चाकडीको हदका रुपमा कर्मचारीहरुले अर्थाएका थिए । अहिले पनि सोझो चौधरीको छोरो सो मन्त्रालयको मन्त्रीको भूमिकामा छन् । तर उनको स्वकीय भूमण्डले रमेशको चर्तिकला बुझेर उनको कन्सलटेन्सीलाई काम गर्नबाट रोक लगाउन खोज्दा विवाद भएको शहरीका कर्मचारीहरु सुनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *