काठमाडौं । कृषि मन्त्रालयमा एक जना सहसचिव छन्, जो ४५ लाखे उपनामले परिचित ! उनको कारण राज्यलाई ४५ लाख चुना लागेका कारण नामै ४५ लाखे रहन गएको बताइन्छ । उनी हुन डा रामानन्दन तिवारी । तिवारी अलि अघि डिजी थिए पशु सेवा विभागको । सहसचिव भए पछि सरकारी गाडी पाइन्छ, उनले पनि चढ्र्दै आएका थिए, बागमती प्रदेश बि.ए. बी १४५९ नम्बरको टोयोटा हाइलक्स सुविधासम्पन्न गाडी । साउन पहिलो साता डिजी आफैलाई गाडी हुइक्याउने रहर जाग्यो । उनै डिजीका कारण गाडी दुर्घटनामा प¥र्यो । सरकारी गाडी क्षतविक्षत भयो । गाडीको ठक्करबाट विभागअन्तर्गतको क्वारेन्टाइन कार्यालयको भवनमा समेत क्षति पुग्यो । विभागको तालिम केन्द्रले एफ.एम.रेडियो सञ्चालन गर्न केही वर्षअघि निर्माण गरेको भवनको भित्ता र स्टुडियो भत्कियो । यस्का अलवा रामानन्दनको हात र चालकको खुट्टामा गम्भीर चोट लाग्यो । तिवारी बुढानिलकण्ठ बासी,उनका चालकले निवासबाट कार्यालयमा ल्याउँदै थिए । जब यूएन पार्कमा पुगेपछि अनुभवी चालकलाई झर्न लगाएर भर्खरै सिक्दै गरेका तिवारी आफैले गाडी हाँकेर उनी हरिहरभवनस्थित कार्यालयतर्फ जाँदै गर्दा उनको बेहोसीका कारण विभागको गाडी ठोकिएको थियो । असावधनीवश गाडी चलाउने हाकिमलाई त्यो प्रकरण पछि अहिले मन्त्रालयमा तानेर जिम्मेबारबिहिन अबस्थामा राखिएको छ । उनको कारण क्षती भएको गाडी मर्मत सम्भार गर्न लाखौं खर्च हुने भए पछि त्यतिकै थन्काइएको छ । कृषिका अधिकारीहरुका अनुसार उनको असावधानीवश,चलाइएको गाडीको ठक्करबाट राज्यको झण्डै ४५ लाख चुना लागेको छ । यसरी सरकारी सम्पत्ति दुरूपयोग गरेर क्षति पु¥याएका हाकिममाथि कुनै कारवाही भएन । बरु क्षतिग्रस्त गाडी सरकारी खर्चमा मर्मत गर्न ललितपुरको ज्वागलतस्थित एक ग्यारेजमा थन्काएर राखिएको छ । सो गाडी बनाउनभन्दा खरिद गर्नै सस्तो पर्ने भएका कारण नबनाइ थन्काएर राखिएको पशु सेवा विभाग स्रोतले जनाएको छ । ४५ लाखे सहसचिव तिवारी मन्त्रालयमा तानिएपछि त्यहाँको डिजीको जिम्मेवारी सम्झना काफ्ले पाण्डेको काँधमा आइलागेको छ ।