अधिकांश सुपरमार्केटमा अखाद्य सामान विगबिगी, अनुगमन सून्य

राजनीति समाचार

काठमाडौं । सात दल र तीन स्वतन्त्रले समर्थन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै उनले इतिहासै कायम गर्दै विश्वासको मत पनि प्राप्त गरिसकेका छन् । तर, यतिखेर बजारमा अधिकांश खाद्यान्न सामग्रीहरुको मूल्य आकासिएको छ । मूल्य मात्रै आकासिएको छैन, उद्योगी, व्यापारीहरुले खाद्यान्न सामग्रीहरु गुणस्तरहीन, परिणाम र तौलमा पनि कम राखेर मूल्य भने बारम्बार बढाउने गरेका छन् ।

त्यसमा पनि अधिकांश खाद्यान्न सामानमा बिचौलियाहरु खेल्ने गरेका छन् । खासगरी खानेतेल, दाल, चामल, तरकारी, दूध, मासुलगायत विभिन्न प्रकारका जङ्गफुडहरुमा विचौलियाले खेलेका कारण बजार मूल्य आकासिएर उपभोक्ता मारमा परिराखेका छन् । अधिकांश उपउभोक्ताहरुले खाद्यान्न किन्दा तौल कम हुने र मूल्य भने चर्को रहेको गुनासो गरिरहँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारीहरु भने मुकदर्शक जस्तै बनेर बसेका छन् ।

संघ, प्रदेश र स्थानीय तहमा खाद्यान्न सामग्रीमा बिचौलियाहरुले खेल्दा समस्या देखिएको छ । सरकार बनेको पनि लगभग महिना दिन हुनलागिसकेको छ । तर, सरकारले सर्वसाधारणलाई आवश्यक दैनिक उपभोग्य सामग्रीमा बिचौलिया र कालाबजारियाहरुको मनपरी हुँदा त्यसप्रति सरकारले ध्यान दिएको देखिँदैन । हुन त प्रधानमन्त्री प्रचण्डले अब नेपालमा सुशासन कायम गरेर अगाडि बढ्ने, भ्रष्टाचार गर्न नदिने, भ्रष्टाचारीलाई कारबाही गर्ने, कालाबजारी गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने, जनतालाई सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने भन्दै आएका छन् ।

तर, बजार अनुगमन गरेर त्यस्ता कालाबजारिया र बिचौलियाहरुलाई अहिलेसम्म कुनै पनि सम्बन्धित निकायले दोषीलाई कारबाही गरेको पाइँदैन । अधिकांश बजारमा व्यापारीहरुले आफूखुशी सामानमा मूल्य बढाएर विक्रीवितरण गर्ने गरेका छन् । अझ ठूला व्यापारीहरुले डेट सकिएर पुराना भइसकेका खाद्यान्नदेखि विभिन्न नेपाली उपभोक्तालाई आवश्यक सामानमा नयाँ लोगो र मूल्य अंकित गरी विक्रीवितरण गर्ने गरेका छन् ।

खासगरेर अहिले काठमाडौं उपत्यकादेखि नेपाल भर खोलिएका डिपार्टमेन्ट स्टोरहरुमा सबै गुणस्तरहिन सामान राखेर बेच्ने गरेको पाइन्छ । ती डिपार्टमेन्ट स्टोरहरुमा राखिएका सामानहरु अधिकांश खाद्यान्नहरु सडेगलेको पाइन्छ । त्यसरी राखिएका सामानहरुको मूल्य पनि त्यत्तिकै चर्को रहने गरेको छ । तर, यस विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उपभोक्ता मञ्च र नापतौल तथा गुणस्तर विभागका कर्मचारीहरु भने मुकदर्शक भएर बस्ने गरेका छन् ।

यदि कमथकदाचित ती निकायका कर्मचारीहरुले अनुगमन गरेतापनि ठूला–ठूला डिपार्टमेन्ट स्टोरहरुमा गएर अनुगमन गर्ने गरेका छैनन् । यदि अनुगमनमा गइहाले तापनि स–साना किराना पसलमा जाने र होहल्ला गरेर तर्साउने र ठूलो डिपार्टमेन्टरदेखि होलसेलबाट अनुगमनको नाममा उल्टै महिनावरी लिने गरेका उदाहरणहरु थुप्रै छन् । त्यस्तै मिनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनी सुपरमार्केटको काठमाडौं उपत्यकादेखि भक्तपुर, ललितपुरलगायतका ठाउँमा विभिन्न शाखा खोलिएका छन् ।

त्यस्तै उपत्यकाबाहिर पोखरा, नारायणघाट, हेटौंडा, वीरगञ्ज, विराटनगर, भैरहवा, बुटवल, धनगढीलगायत नेपालका शहरी क्षेत्रमा खोलिएका भोटभटेनी सुपरमार्केमा राखिएका अधिकांश खाद्यान्न सामानहरु गुणस्तरहिन र बजार मूल्यभन्दा महंगो हुने गरेको उपभोक्ताहरुको गुनासो छ । ती सुपरमार्केटमा खाद्यान्नका सामानदेखि विभिन्न किसिमका जंङ्गफुड, लत्ताकपडा, प्लास्टिकका सामान, विभिन्न नामका खानेतेल, मासुजन्य सामग्रीदेखि होटल रेष्टुरेन्टसमेत सञ्चालनमा छन् ।

त्यस्तै विगमार्टको नाममा सञ्चालित विभिन्न खाद्य सामग्री स्टोरहरुमा पनि त्यस्तै गुणस्तरहिन र बजार मूल्यभन्दा महंगो सामान विक्रीवितरण गर्ने गरेको पाइन्छ । त्यति मात्रै होइन ती सुपरमार्केहरुले उपभोक्तालाई लोभ्याउने नाममा सामाजिक सञ्जला, भाइबर, म्यासेन्जर र इमेलमार्पmत खाद्यान्नदेखि अन्य सामानको विज्ञापन गरिराखेका हुन्छन् ।

यसरी लोभलाग्दा विज्ञापन गरेर गुणस्तरहीन सामान विक्रीवितरण गरी उपभोक्तालाई ठगिरहेका छन् । भाटभटेनी सुपरमार्कोट र विगमार्टहरुमा राखिएका सामानहरु धेरै जसो डेट गएर अखाद्य भइसकेका र बजार मूल्यभन्दा महंगो भएको गुनासो अधिकांश उपभोक्ताहरुले चोक र गल्लीहरुमा बसेर गर्ने गरेका छन् ।

यसरी खोलिएका अधिकांश सुपरमार्केट र विगमार्टको नाममा सञ्चालन भएका स्टोरहरुले उपभोक्तालाई कति ठगिरहेका छन् भन्ने एकिन छैन । यस्ता सुपरमार्केहरुले सञ्चालन गरेका पसलहरुबाट अधिकांश सर्वसाधारण ठगिँदासमेत सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । त्यस्ता पससलहरुमा अनुगमन गर्न जाने आँटसमेत सम्बन्धित निकायका कर्मचारीहरुले गरेको देखिँदैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *