सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ/वाणिज्य समाचार

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै बुधबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार २०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *