माओवादी नेताहरुको काण्डैकाण्ड

राजनीति समाचार

काठमाडौं । कुरा जति तन्काए पनि दोस्रो पुस्ताले माओवादी पार्टी थेग्दैन । प्रचण्डसँग रिसाएर मोहन वैद्य हिड्दा उनले विचारप्रधान सिद्धान्तलाई अंगिकार गरेनन् । युरोपेली युनियनका हुण्डीवाला भान्जी ज्वाइ देव गुरुङ र क्रिश्चियन पादरी चन्द्रप्रकाश गजुरेल (सिपी)लाई अर्थ र परराष्ट्रमन्त्री दिएन भन्ने थियो । वैद्यको ‘ल भन्नुस्’ भन्ने थेगोले न त पार्टी चल्थ्यो न त संगठन बलियो हुन्थ्यो । चार वर्ष प्रसव वेदना सहेपछि हितमान शाक्य, पम्फा भुसाल, देव गुरुङ र रामबहादुर थापासमेतको समूहले मूलधार सम्झ्यो । वाममोर्चा बन्दा यी सबैले ठाउँ पाए, चुनावमा उठे, हितमान हारे, रामबहादुर थापा समानुपातिकमा बसे । नेकपा सरकारमा बादल गृहमन्त्री भए ।

सुन तस्करी हुँदै नक्कली भुटानी शरणार्थी काण्डमा मुछिए । थापाका छोरा निर्मला पन्त हत्या प्रकरणमा डामिए । उता, विचारको लडाँई लड्दै गर्दा नेत्रविक्रम चन्द्र पनि अधुरो जनयुद्ध सफल पार्ने कुकर बम र सुतली बमको क्रान्त्रिकारीता चम्काउँदा गृहकै रेकीबाट मुक्त हुन सकेनन् । आज थापा एमालेमै छन्, अनेत्र लागे सुरक्षित हुइन्न भन्ने त टोपबहादुरकै हालतबाट परिचित छन् । जनयुद्धका सहयात्री सबै लथालिङ्ग हुँदा पनि सत्तामा हुँदा बारम्बार मन्त्री बने, अर्थमन्त्री बन्दा राजस्वका बुँदा, बुँदामा कैची लगाउने चौधरी समूहको सेवा गर्दा जनार्दन शर्मा धन कमाउनबाट मुक्त हुन चाहेनन् ।

शर्माले अहिले अध्यक्ष प्रचण्डको विरोध गर्ने आँट गरे तर उनको पक्षमा केन्द्रीय सदस्य भएनन् । प्रचण्डले जनार्दनको अडानले विशेष महाधिवेशन घोषणा गरेर तदर्थ समितिको संयोजक भए । उपमहासचिव पद पनि उनको लागि काउसो भयो । पदमा हुँदा योग्यता नपुगेकी लक्ष्मी पुन नामक क्रिश्चियत कार्यकर्तालाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी बनाएर तत्कालीन पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको नाकै काटेका जनार्दन मुद्दा उठाउने समाधान गर्ने आँट नभएका नेता हुन् ।

यीनकै कारण वर्षमान पुनले पाउनुपर्ने महासचिव पद देव गुरुङ जस्ता गौवारको हातमा पुग्यो । जो माओवादीको महासचिवको हैसियतमा आउने नेता थिएनन् । चुनाव जित्ने जिल्ला नटेक्ने सुरेश आले र गुरुङको माक्र्सवादी स्कूल नै युरोपेली युनियनको डलर भयो । यस्तैको साथ खोज्दै जाँदा जनार्दनले पार्टीको पदाधिकारी पाउने अवस्था छैन । बैठकमा सहभागी हुने भएका निर्णयमा सहमति गर्ने ज्वाइको अनलाइनमा नेतृत्वविरुद्ध आगो ओकल्न खोज्दा कमजोर भएका थुप्रै घटना जनार्दनका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *