काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले २४ जना सहिद बनायो । ती २४ जना कलेज र स्कुलका विद्यार्थी थिए । विद्यालय र उच्च शिक्षाको गुणस्तरको शिक्षा नदिने क्याम्पसमा स्ववियु काण्ड गर्ने र चुनावमा दलको प्रतिनिधित्व गर्ने कांग्रेस र कम्युनिस्टका विद्यार्थी संगठनहरुले भने जेनजी आन्दोलनका सहिदहरुप्रति सम्झना गरेका छैनन् । त्यो आन्दोलनले ७५ जनाको ज्यान लियो । सयौं घाइतेहरु छन् । एमालेको नेतृत्वले जेनजी केही होइन भनेझैं नत मृतकप्रति श्रद्धाञ्जली दिए न त घाइतेहरुको स्वास्थ्य लाभतर्फ चासो देखाएका छन् ।
जेनजीको अभिप्राय भ्रष्टाचार र बेथितिको अन्त्य, प्रशासन र प्रहरीमा भएको दलीय हस्तक्षेप, भेदभावपूर्ण दलीय व्यवहारको अन्त्य गर्दै सुशासनलाई जोड दिनुपर्छ भनेको हो । प्रहरी ज्यादती चर्काएर भाद्र २३ गते नरसंहारमा तत्कालीन सरकार नै जिम्म्ेवार हुनुपर्छ । एमालेका अध्यक्ष प्रधानमन्त्री, कांग्रेसका जिम्मेवार नेता गृहमन्त्री भदौ २३ र २४ गतेको घटनाका जिम्मेवार बनाइएकै कारण एमाले अखिल र कांग्रेसका नेविसंघले राज्यद्वारा हत्या गरिएका विद्यार्थीलाई सम्झना नगरेका हुन् भने त्यो जस्तो घातक अरु केही हुँदैन ।
आम विद्यार्थीको सामुहिक आवाज भनेकै गुणस्तरीय शिक्षा र सहुलियतपूर्ण परिवेशको माग हो । प्राविधिक र उपयोगी शिक्षा, सीपमूलक पाठ्यक्रम युग अनुसारको माग हो । तर आज देशका ठूला दलहरुले जेनजीले सत्ता खोस्यो हाम्रो कमाइ खाने थलो हट्यो भनेर असन्तुष्टि पोखिरहेका छन् । दलहरुको त्यो सरकार कति नालायक र भ्रष्ट थियो भन्ने कुरा भ्रष्टाचारमा डुबेका मन्त्री बर्खासत नहुनु, असक्षम र माफियाको हितमा जोडिएका पात्र कारबाहीमा नपर्नु, गृहमन्त्रीले दैनिक ५० लाख झ्वाम पार्नु, उद्योग मन्त्रीले सिमेन्ट र रडको मूल्य बढाउन दिनु आफैमा विकृति र विसंगति थियो ।
ऊर्जामन्त्री त झन् महाभ्रष्ट नै थिए । कांग्रेस सभापतिलाई आफै छैठौं पटक प्रधानमन्त्री बन्नु थियो ।
विद्यार्थीले विद्यालय स्तरीय शिक्षाको गुणस्तरका कुरा क्याम्पस तहको गुणस्तरीय शिक्षामा सरकारसँग माग राखेर आन्दोलन गर्दैनन् । त्यस्ता विद्यार्थी संगठनहरुको सदस्य हुन आजको पुस्ताले चाहँदैन । विद्यार्थीलाई विद्यालय र क्याम्पसकै पोशकमा हत्या गरिएको सबैले देखे । तर, एमाले अखिल र कांग्रेसका नेतविसंघले विद्यार्थी नदेख्नु र नबोल्नुको कारणले झन् आक्रोशपूर्ण थियो ।

