काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यकालमा लगेर के के न गर्लान् भनेको गुप्तचर सूचना बिहीन हुँदा र उसका सूचना सरकारले नपत्याउँदा जेनजी आन्दोलनको तातोले डामिएपछि गुप्तर क्रियाशील भएन । गुप्तचर गृहमन्तर्गत गयो रे राजस्व र सम्पत्ति सुद्दिकरण अर्थमै फर्काइएको छ । तर, गृहमन्त्री बनेका वकिल ओमप्रकाश अर्यालले गुप्तचरको सम्वेदनशीलता बुझेका छैनन् । सरकारले पनि हेपेको छ ।
कागजी रुपमा गुप्तचरलाई दलको भातृ संगठन बनाएर आफ्नै वरपर राखेका कांग्रेस र एमालेका अरु नेताले भन्दा अध्यक्ष ओलीले नै समय राअविलाई अनुकूल बनाउने गरी शंकास्पद मानछेको फोन ट्र्यापिङ्ग गर्नेसम्मको उपकरण प्रयोग गर्न सक्ने ऐन बनाउँदै थिए । उनले डिआईजी किशोर श्रेष्ठलाई सुदूरपश्चिमबाट तानेर प्रधानमन्त्री कार्यालयमा राखेका थिए । आज त्यहीं कारण देखाएर श्रेष्ठ एआईजी अर्थात् उप–निर्देशक बन्न नपाउने स्थिति बन्दै छ । गुप्तचरभित्र पनि शंका, इष्र्या र डाहा प्रकट गर्ने टोली धेरै छन् ।
कार्यदक्षता भन्दा नेताकै भनसुनमा चल्ने गुप्तचर गृहमा त आयो । तर प्रधानमन्त्री शुशिला कार्कीकै सचिवालय अन्तर्गत राखेजस्तो व्यवहार सरकाले गरेको छ । हुतराज थापाको विदाई र टेकेन्द्र कार्कीको प्रमुख बन्ने समयमा देशभर जेनजी समूहको रापताप भयो । कार्की भन्दा वरिष्ठ भए पनि शेरबहादुर देउवाका पुजारीका पुत्र रमेश लेखकका फुपुका छोरा ओम जोशीलाई सरकारले पत्याउने अवस्था भएन । उनी संगठनमा कमजोर छन् । अहिलेका प्रमुख कार्की आफै पनि व्यवहारिक भएका कारण प्रधानमन्त्री कार्यालयले गृहमै फर्काए पनि गुप्तचरलाई छाडेको छैन ।
कार्की कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का निकट हुन् । उनीबाट गोप्य सूचना सरकार प्रमुख र गृहमन्त्री समक्ष जानु पूर्व कांग्रेसलाई पहिले प्राथमिकताले जान सक्ने भएकाले पनि यो लथालिङ्ग स्थिति सिर्जना भएको हो ।
