नेपालीको गाउँ घरमा बुढापाकाहरुले यसो भन्दै युवापिढीलाई उपदेश दिने गर्दै आएका छन । यो चार शव्दले बनेको बाक्य हेर्दा त सामान्य लाग्छ तर यो भित्र लुकेको गुढ रहस्य भने धेरै महत्वपूर्ण छ । यो नेपाली समाजमा परपूर्व काल देखि चल्दै आएको व्यवस्थापनको महामंत्र नै हो । उत्पादन गर्ने देखि लिएर त्यसको व्यवस्थापन गरी कसरी बचत र संरक्षण गर्ने भन्ने सम्मका उपायहरु यो महामंत्र भित्र अन्तर्निहित छ । नेपाली जनताका पुर्खाले आफ्ना सन्तानलाई प्राकृतिक आपद् विपद् देखि कसरी जोगाएर सुरक्षित तुल्याउँदै आफ्नो बंशलाई अबिछिन्न रुपमा युगयुग सम्म कसरी कायम राख्दै निरन्तर अगाडि बढुएर लान सकिन्छ भन्ने कुराको अभिव्यक्त यो चार सव्दले बनेको वाक्य मार्फत गरेकाछन । त्यसकारण यो एक कोरा उपदेश मात्र नभएर नेपाली जनताको पुर्खाले युगयुग देखि कडा संघर्षको साथ संगालेको अनुभवको शिक्षा पनि हो ।
प्रकृतिमा हरेक घटना परिघटनाहरु चक्रिय प्रणालीमा हुने गर्दछ । बार सात सात दिनमा, पक्ष पन्ध्र पन्ध्र दिनमा, महिना तीस तीस दिनमा, आयान १८० दिनमा र बर्ष ३६५ दिन दोहरिने गरेका छन । मनसुनी बर्षाको चक्र पनि यस्तै छ । समुद्रको पानी तापले गर्दा आकासमा पुग्छ अनि हावाको बहाव अनुसार उडेर हिमाल पाहाडमा पुगी चिसिएर बर्षा हुन्छ अनि नदी नालाको रुपमा फेरि बगेर पुनः समुद्र कै पानीमा मिल्न पुगेको हुन्छ । पुतलीको जीवन चक्र पनि अण्डा, लार्भा, प्यूपा र झुस्लीकिरा हुँदै पूर्ण शरीर भएको उड्न सक्ने पुतलीको रुपधारण गरेको हुन्छ । मानिसलाई जीवहरु मद्धे सबै भन्दा उत्तम जीवमा गनिन्छ किनकि मानिसले सोच्न सक्ने दिमाग लिएर जन्मेको हुँदा त्यसैको सहायताले प्राकृतिक वातावारणलाई पनि आफ्नो अनुकूल बनाउन सक्छन् ।
त्यस्तो हुँदा हुँदै पनि मानिसले जन्म र मृत्युको चक्रबाट मूक्ति पाउन सकेको छैन । बालक भएर जन्मनु र बुढो भएर मर्नु मानिसहरु प्राकृतिक रुपले नै बाध्य छन । यो जन्म र मृत्युको चक्रबाट मैं हुँ भन्ने नेताहरु वा मैं हुँ भन्ने आध्यात्मिक धर्मगुरुहरुले पनि मूक्ति पाउन सकेको छैन । यो नै प्राकृतिको नियम हो र यो नासवान संसारमा प्राकृति भन्दा शक्तिसाली अरु कोही पनि छैनन् । मानिस मानिस मिलेर परिवार बनेको हुन्छ र परिवार परिवार मिलेर समाज बनेको हुन्छ । समाजले नीति, नियम र मान्यताहरु बनाएको हुन्छ जुन समाजका प्रत्येक सदस्यले समाजको शान्ति र सुव्यवस्थाको लागि निःसर्त मान्नै पर्ने हुन्छ । प्रत्येक समाजमा राम्रो र नराम्रो व्यक्तिहरु हुन्छन ।
समाजमा राम्रो र नराम्रा व्यक्तीहरुका बिच निरन्तर द्वन्द्व चलिरहेको नै हुन्छ । समाजका राम्रालाई नायक र नराम्रालाई खलनायक भनिन्छ । समाजको बिकासको लागि अन्तर्संघर्ष अपरिहार्य हुनेभएको हुँदा समाजमा अन्तर्संघर्ष चर्काउनको लागि खलनायकहरु पनि चाहिन्छ । खलनायकहरु बिना समाजको बिकास संभव छैन । तर नायकहरुको भूमिकालाई खलनायहरुको भूमिकाले जित्यो भने के हुन्छ भन्ने कुरा नेपालको राजनीतिक सन्दर्भलाई हेरेमा कुरा प्रष्ट हुन्छ । नायक कोही भएन सबै खलनायक नै खालनायक भएपछि समाजको दुरावश्था कस्तो हुन भनी बुझ्न नेपालमा चल्दै आएको दलिय राजनीतिलाई हेरेमा पुग्छ ।
राजा नायक थिए भने दलहरु खलनायक थिए । को खलनायक हो भनी नेपाली जनताले छुट्याउन नसक्दा नेपालको राजकीय सत्ताको बागडोर दलहरुको हातमा गयो । दलका खलनायकहरुले बिदेशी सित मिलेर नेपालको दुरावश्था बढाउँदै लगेर अहिलेको अवस्थामा ल्याईपुर्याएका छन । नेपाली जनता यताबाट उता फर्किन चाहान्छन तर दलहरुले नेपाललाई धर्मनिरपेक्ष तुल्याएर ठेगाना नै बदलीसकेको हुँदा कता फर्किने हो भन्ने कुरा अनिश्चित भएको छ । २०४७ देखि २०७२ सम्म आईपुग्दा नेपाली जनताले धेरै कुराहरु गुमाईसकेका छन । नेपाल राष्ट्रको स्थापना शाहबंशिया राजले गरेको कुरा सर्बबिदित नै छ ।
त्यही गौरव इतिहासलाई मेटाउन दलका नेताहरु लागीपरेका छन । यसो गर्न खोज्दा नेपालको अस्तित्व नै मेटिने होकी भन्ने त्रास नेपाली जनताको मनमा फैलिएको छ । २४३ बर्ष सम्म नेपाली जनताको एकताको प्रतिक बनेर बसेको राजतंत्रलाई एकाएक खलनायक बनाउन खोज्ने दलका नेताहरु देखि नेपाली जनता रिसाएका छन । हिन्दूधर्मले नेपाली जनतालाई आपसमा एकढिक्का बनाएर जोडी राखेको कुरा संसारलाई थाहा छ । त्यही हिन्दूधर्मलाई हटाएर त्यसको ठाउमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने दलका नेताहरु प्रति नेपाली जनता आक्रोशित भएका छन । नेपालको एकिकरण हुँदा शाहबंशीय राजाले कसैको पनि धर्म र संस्कारलाई आक्रमण गरेको थिएन ।
सबै नेपाली जनताले आआफ्नो परम्परा अनुसार मान्दै आएको धर्म र संस्कारलाई जस्ताको तस्तै कायम राख्न लगाएका थिए । यता आएर दलहरुले भने आफ्नो हदलाई पार गर्दै बिदेशी सित मिलेर नेपालमा ईशाई धर्मको प्रचार प्रसार बढाएको देख्दा राष्ट्रवादी स्वाभिमानी नेपाली जनताको मन कुडिएको छ । दलहरुको खलनायकगिरीलाई अब नेपाली जनताले त्यसै माफ गर्नेवाला छैन । दलहरुलाई उसको अशली हैषियत देखाउनको लागि नेपाली जनता अहिले तयार भएका छन । राजा र नेपाली जनता दुबै पक्षलाई धोका दिएर भाले बनी बसेका दलका नेताहरुलाई अब नेपाली जनताले कार्यबाही नगरी छाड्नेवाला छैन । असलमा दलहरु भ्रष्टाचारी, मानव तस्करी, सुन तस्करीहरु मात्रै निस्केका छन ।
यस्ताले भनेको कुरामा अब नेपाली जनताले बिश्वास गर्नु हुँदैन र नेपाली जनता २०४७ सालमा नै फर्किएर नयाँ लक्ष तिर अगाडि बढ्नु पर्छ । जनआन्दोलन राजतन्त्र र हिन्दूराष्ट्र हटाएर धर्मनिरपेक्ष राष्ट्र बनाउने भन्ने बारे लक्षित थिएन । १२ बुँदे दिल्ली सम्झौता देखि लिएर राजा र सात दलहरुका बिच भएको ५ बुँदे सम्झौतामा पनि उल्लेख छैन । कतै पनि उल्लेख नभएको बिषयहरुलाई जनमत संग्रह नै नगरी राज्यको मूल कानुन मानिने नेपालको संबिधान २०७२ मा अचानक आउँदा नेपाली जनता जिल खाएका थिए । तर पनि नेपाली जनताले त्यो बेला संयमता अपनाउँदै दलहरुलाई शान्तिपूर्ण तरिकाले सही बाटोमा ल्याउन सकिने सोची चुप लागेर बसेका थिए ।
अब पानी नेपाली जनताको टुप्पी माथि पुगीसक्यो त्यसैले चुपलागी दलहरुको मनोमानी सहेर बस्न सकिने अवस्था छैन । दलका नेताहरु सत्ताको रसमा लटपटिएर बसेका छन । रसपान गरी ढाडिएको हुँदा जनभावना र जनआवाजको कदर गरी सोअनुसार आफैलाई सच्याउँदै नेपालको संबिधान २०७२ लाई पनि सच्याउने तिर दलहरुले ध्यान दिन सकेको छैन । यो हुँदा दलका नेताहरुको सामु चुनौती पाहाडै भएर पनि त्यसको महशुस गर्न सकेका छैनन् । समयको चक्र अब दलका नेताहरुको लागि भारी पर्दै गएको छ । गलतबाटो छाडेर सच्चिदै नेपाली जनताको सेवामा लाग्ने एक मात्र उपाय दलहरुको समु छ । यसबाट फाइदा लिएर जोगिने कि इतिहास बाटै मेटिने भन्ने राजनीतिक विकल्प दलहरु सित छन । राजा सित मिलेरै अगाडि बढ्नुमा दलहरुको लागि हितकर छ अन्यथा दलका नेताहरु ढिलो चाँडो इतिहासको पानाको पात्रमा सीमित बन्ने निश्चित देखिन्छ ।
नेपाली जनता हजारौं राजाहरु पाल्ने र तिनीहरुलाई कानुन भन्दा माथि राखेर बस्ने सोचमा छैनन् । नेपाल राष्ट्रलाई आर्थिक संकटको दुष्चक्रमा दलहरुले पारीसकेका छन र त्यसबाट नेपाली जनता बच्न सक्ने संभावना कमै छ । तर नेपाल राष्ट्रलाई आर्थिक संकटमा पार्ने दलका नेताहरुलाई भने नेपाली जनताले त्यसै छाड्ने छैनन् । नेपाल राष्ट्र र नेपाली जनताको हित बिरुद्ध काम गरेका र गर्ने दलका नेताहरुलाई बिना कुनै कार्यबाही नेपाली जनताले अवश्य पनि छाड्ने छैनन् । आआफ्नो अपराधको प्राकृति आनुसारको सजाय भोग्न दलका नेताहरु अहिले देखि नै तयार रहनु पर्छ । राणा शासन १०४ बर्ष चल्यो भने पञ्चायती व्यवस्था २७ बर्ष मात्रै नेपालमा चल्यो ।
त्यसपछि आएको संघियता र गणतंत्रवादी दलहरुले ३४ बर्ष चलाईसक्यो र तापनि ठुलो अलमलमा छन । पञ्चायत कालमा बनाएको औद्योगिक बिकासका जगलाई भत्काए पछि संघियता र गणतंत्रवादी दलहरुले नयाँ औद्योगिक बिकासको जग नेपालमा बसाल्न सकेका छैनन् । दलहरुले बिकासलाई पनि अन्धोलाई हात्ती जस्तो बनाएका छन । पुर्खाले बसालेको इतिहासलाई नमान्ने र धर्मलाई पनि नमान्ने दलहरुले बिकास के हो भनी बुझ्नै सकेका छैनन् । त्यसैले दलहरुका लागि विकास पनि राजनीति गर्नको लागि एक कोरा मटेरियल मात्रै बनेकोछ । कतै नभएको जात्रा हाँडी गाउँमा भनेको जस्तो नेपालका साँसदहरु आफ्नो जिम्मेवारीको कामलाई भुलेर मनोमानी परियोजनाहरुको लागि बजेट व्यवस्थापन गरी लगानी बर्बाद पार्ने काममा जुटिरहेका हुन्छन ।
नेपालको राष्ट्रिय ऋण २३ खर्ब नाघ्नुमा यस्तै मनोमानीका परियोजनाहरु नेपालमा सञ्चालन हुँदै आएकोले नै हो । बिकासमा बजेट लगानी भएपछि त्यसको प्रतिफल राष्ट्रले पाउनु पर्ने हो तर त्यस्तो कतै केही भएको देखिन्न । एकै हिउँदले जाडो जाँदैन भन्नाले दलका नेताहरुले के बुझ्न जरुरी छ भने उहाँहरुले राष्ट्रको लागि कुनै पनि काम गर्दा जहिले पनि राष्ट्रको भविष्यलाई हेरी गर्नुपर्छ । नेपाली जनताको भविष्यको सन्ततीलाई उहाँहरुले अहिले गरेका बिकासको प्रतिफलहरु प्राप्त होस भन्ने सोचेर काम गर्नु पर्दछ । दलका नेताहरुले राष्ट्रको सबै आर्थिक स्रोतहरुको परिचालन गर्दा भविष्यको सन्ततीलाई लाभ हुने गरी मात्रै गर्नुपर्छ ।
आपद् बिपद् र मौसम परिवर्तन चक्रिय रुपमा घुमी घुमी आउने भएकाले त्यसको रोकथाम र कूप्रभाव न्युनीकरणको लागि व्यवस्थापन हमेसा तयार रहनु पर्छ । कमिसन खानको लागि राष्ट्रिय ऋण बढाउने र परियोजनाहरु बनाउने दलका नेताहरुको सोच गलत भएकाले नेपाली जनताको हितमा कहिले पनि छैन । प्रत्येक हिउँदको जाडोबाट नेपाली जनतालाई सुरक्षित राख्ने परियोजनाहरु बनाउने र त्यसको कार्यान्वयन गर्ने तिर दलका नेताहरुको ध्यान केन्द्रित रहेमा नेता र जनता दुबैको कल्याण हुनेछ ।