जनप्रतिनिधिहरु कर्मचारीको खोजीमा सिंहदरबार धाउँदै

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मधेसवादी दल निकट अधिकांश जनप्रतिनिधिहरु सिंहदरबार धाउन थालेका छन् । सबैभन्दा बढी जनप्रतिनिधि प्रदेश नम्बर २ अन्तर्गतका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी पठाइदिनको लागि अनुनयविनय गरिरहेका छन् । उनीहरुले पुराना र अनुभवी कर्मचारीहरुलाई पठाइदिन पनि आग्रह गरिरहेका छन् । कार्यालयमा कार्यरत कर्मचारीलाई अन्यत्र सरुवा गरिदिन पनि माग गरेका छन् ।

कतिपय तराईवासी कर्मचारीहरु आफ्नो जिल्लामा नबसेर मालदार ठाउँमा जान विघिन्न शक्तिकेन्द्र धाउने गरेका छन् । उता पहाडी क्षेत्रका कर्मचारीहरु तराई क्षेत्रमा जान चाहँदैनन् । कर्मचारी नभएकै कारण अधिकांश मधेसवादी दल निकट जनप्रतिनिधिहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएर गुनासो पोख्ने गरेका छन् । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारी पठाउँदा पनि अधिकांश कर्मचारीहरु तराई क्षेत्रमा जान नचाहेको गुनासो पनि सुन्ने गरिन्छ । मधेसवादी र विभिन्न दल निकट जनप्रतिनिधिहरुले पनि स्थानीय र प्रदेशमा छिटोभन्दा छिटो कर्मचारी पठाइदिन आग्रह गरिरहेका छन् ।

तर, चाँडबाँड लागिसकेको छ । कर्मचारीको अभाव छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले कर्मचारी खोजिरहेको छ । जनप्रतिनिधिहरुले पनि बुझिदिनुप¥र्यो भन्दै फर्काउने गरेका छन् । उता कर्मचारी नेताहरु विभिन्न बहाना बनाएर कर्मचारी सरुवामा खेलोफड्को गरिरहेका छन् । सामान्य प्रशासनको कर्मचारी प्रशासन शाखामा रहेका कर्मचारी र राजनीतिक दल निकट कर्मचारीहरुको मिलेमतोमा अधिकांश ठाउँमा कर्मचारी खटाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सकेको छैन । बल्लतल्ल कर्मचारी खटाएर पठाए तापनि महिना दिनदेखि २ महिनाभन्दा बढी सम्बन्धित निकायमा कर्मचारी बस्ने गरेका छैनन् ।

कतिपय कर्मचारीले त कहिले बुबाआमा विरामी भएको बहाना बनाउने, कहिले श्रीमान, श्रीमती विरामी भएको बहाना बनाउने, छोराछोरी विरामीको बहाना बनाउने, कहिले छोराछोरीको पठनपाठनको बहाना बनाउने, कहिले श्रीमतीको डेलिभरीको बहाना बनाएर स्थानीय र प्रदेश तहमा कर्मचारी जान चाहँदैनन् । गएका कर्मचारी पनि आम्दानी हुने मालदार ठाउँमा मात्र बस्ने, आम्दानी नहुने ठाउँमा नबस्ने परिपाटी चल्दै आएको छ । तर, राज्यले यस्ता समस्याको समाधान गर्न सकेको छैन ।

स्थानीय र प्रदेश सरकार सञ्चालनमा आएको ८ वर्ष लागिसकेको छ । तर, कर्मचारीले निकासा पाउन सकेका छैनन् । उता, कर्मचारीको सरुवा थाती राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह भने एक हप्ताको लागि विदेश भ्रमणमा निस्केका छन् । अर्का सह–सचिव सुमन दाहाल पनि केही दिनको लागि भन्दै विभिन्न जिल्ला भ्रमण गरिहेका छन् । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहको चेम्बर भने सुनसान अवस्था छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *