वार्षिक अर्बाैं घाटामा नेपाल टेलिकम

राजनीति समाचार

काठमाडौं । नेपाल टेलिकमको बिलिङमा चुहावट भएको छ यसरी बिलिङ प्रणाली परिवर्तन नगर्दा वार्षिक अर्बौं रुपैयाँ आम्दानी गुमाउँदै आएको छ । सत्ता र शक्तिको आडमा नाङ्गो नाच हुँदा समेत सबै मौन किन ?

नेपाल टेलिकमको बिलिङ प्रणालीको समस्याले ग्राहक र यसको आम्दानीमा मा ठूलो प्रभाव पारेको छ । पुरानो बिलिङ प्रणालीले हालको ग्राहक आधार र हालको प्रविधि धान्न असमर्थ भै यसका सेवाहरू बारम्बार अवरुद्ध हुँदै आएको छ जसले गर्दा सरकारलाई अर्बौंको राजस्व घाटा भएको छ भने कम्पनीले समेत वार्षिक अर्बौं घाटा बेहोर्दै आएको छ, यस तथ्यलाई कम्पनीको निरन्तर रूपमा घट्दो आम्दानीले पुष्टि गरिसकेको छ ।

विश्वस्त स्रोतका अनुसार विगतमा नेपाल टेलिकमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सम–सामयिक नयाँ बिलिङ प्रणाली खरिद गर्न निर्देशन गरेको थियो । तर पनि नयाँ प्रणालीमा लगानी गर्नुको साटो पुरानो प्रणालीलाई नै मर्मत सम्भार तथा नविकरण गर्ने गरी गरिएको सम्झौताले नया प्रणाली खरिद गर्ने कार्यलाई पर धकेलिएको छ र यसको लागि सत्ता शक्तिको स्वार्थ टड्कारो रूपमा देखिएको छ । फलस्वरूप १० प्रतिशतसम्मको वित्तीय घाटा र सेवा अवरोधले अझ प्रोत्साहन पाएको छ ।

थ्रिजीबाट फोरजी, तामाको तारदेखि फाइबरहुँदै इन्टरनेट सेवामा रूपान्तरण भइसकेको टेलिकम सेवा अझै पनि एक दशक पुरानो बिलिङ प्रणालीमा निर्भर छ । प्रविधिमा धेरै रूपान्तरण भए तापनि बिलिङ प्रणाली पुरानो छ । टेलिकमले आफ्नो वर्तमान आपूर्तिकर्तासँगको मिले भगतमा नै नयाँ बिलिङ प्रणाली खरिदमा ढिलाई गरेको हो । यसका लागी पुरानै बिलिङ सिस्टम उपलव्ध गराउने आपूर्तिकर्तासँग ५ वर्षको बार्षिक मर्मत सम्झौता गर्ने गरी टेलिकम व्यवस्थापनबाट भेंनडरको प्रभावमा परी नयाँ बिलिङ सिस्टम किन्नुको साटो पुरानै प्रणालीलाई प्रयोग गर्ने निर्णय गरेको देखिन्छ ।

बास्तवमा नेपाल टेलिकममा माफिया राज व्याप्त छ, हुन् तः नेपालको दूरसंचार क्षेत्रमा नै माफिया राज भएको पछिल्लो घटना क्रमले पुस्टि गरी सकेको छ । माफियाले बिलिङमा बार्गेनिङ गरे, उनीहरूले पुरानै बिलिङ प्रणाली प्रयोग गर्न सत्ता र शक्तिको प्रयोग गरे र यसै अनुरुप नेपाल टेलिकम उक्त प्रभाव मा पर्दा नयाँ बिलिङको साटो पुरानो बिलिङ प्रयोग गर्ने प्रभावमा परी कम्पनीको सेवालाई फेरि कुनै पनि बेला गम्भीर समस्यामा पार्न सक्ने समेत देखिन्छ ।

स्रोतका अनुसार हाल टेलिकमको आम्दानी ३५ अर्ब हाराहारीमा रहेको छ भने त्यसको १० प्रतिशत चुहावटको हिसाव गर्दा कम्पनीले वार्षिक साढे तीन अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको छ । यो पुरानो बिलिङ प्रणालीको दोष हो । उपभोक्ताले कल गरेको र डाटा प्रयोग गरेको हरेक मिनेट गन्न सक्दैनन् । यसलाई एक चुस्त बिलिंग प्रणाली मार्फत ह्यान्डल गर्नुपर्छ ।

तर हालको बिलिंग प्रणाली उपलव्ध गराई रहेको भेंडरको नै अनुगमन प्रणाली समेत प्रयोग गरेको कारणले आफनो प्रणालीमा खोट नरहेको भनि त्यहाँका उच्च पदस्थ कर्मचारीले शार्वजानिक रूपमा नै भन्दै आएका छन् ।बास्तबमा अनुगमन प्रणाली भनेको फरक भेन्डरको हुनुपर्ने वा नियामकले तोके वमोजिमले राख्नुपर्ने हो तर यहा तै चुप मै चुप भैरहेको छ । सेवाको गुणस्तरको बारेमा कुरा गर्ने हो भने तः अझ लुट नै छ तर यसको अनुगमन गर्ने निकाय निरीह देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *