एकीकृत समाजवादी यता न उता

राजनीति समाचार

काठमाडौं । आफ्नो संगठनको धरातल छैन । सहयात्री दलको इमान्दारिताले चुनाव जितेको छ । सम्मानको लालसा उसैलाई हुन्छ । संगठन बनाएको भए फुर्ति जति लगाएपनि हुन्छ । काम देखाउनु छैन । प्रचण्ड सरकारको तेस्रो चरण विवादित छ । सहकारी ठग गृहमन्त्री बनाइएको छ । कहाँ के बोल्ने थाहा छैन । ऐन कानुन तोड्ने गृहमन्त्री छन् । त्यस्तैलाई बोकेर नेकपाका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी सत्ता टिकाउन लागेका छन् ।

जोरी खोज्दा मधेसमा शासकभन्दा ९ करोड भ्रष्टाचार गरेको जसपाको अघिल्लो सरकार उम्केको छ । पछिल्लो उपेन्द्र यादव स्वास्थ्यमन्त्री भएर के गरे ? स्वास्थ्य क्षेत्र कतै सलबलाएको थिएन । कांग्रेसका भ्रष्ट मोहन बस्नेतले थुपारेको फोहोर समेत हटाउन नसकेका उपेन्द्र यादव उपप्रधानमन्त्री भएको चार महिना पुरा नहुँदै सत्ताबाट सडकमा पुगे ।

अब पालो सम्मानजनक सहभागिताको खोजी गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सडकमा आउनेछन् । प्रचण्ड सरकारको तेस्रो चरण विवादित बनाउने एमाले अध्यक्ष केपी ओलीले माधवका पाँच जना सांसदलाई कुनै पनि दिन एमालेमा रातो कार्पेट ओछ्याउँदै भोलिको संसद पदको ग्यारेन्टी गर्दैछन् । त्यो बेला माधवको पार्टीका प्रेम आले, किसान श्रेष्ठ, अमर थापा, शेरबहादुर कुँवर, धनबहादुर बुढाहरुलाई कसरी छेकिन्छ ?

अस्थिरता हटाउन भन्दा बढाउन रुचि राख्ने दलहरुले संसदीय गणना कति ख्याल गर्छन् । वर्तमान गठबन्धन केपी ओलीले जोगाउँदा जोगिन्छ । गठबन्धन जोगाउन केपी ओलीले सहकारी ठगको साथ लिएका हुन् । बरु माधव र उपेन्द्र त्याग्छन् रासोपा छोड्दैनन् । वर्तमान गठबन्धनमा एमाले ७८, माओवादी ३२, रास्वपा २१, जसपा ७, जनमत ६ नाउपा ४ जोडिँदा १५८ पुग्छ । यहाँ माधव नेपालको १० सिट हिँडेर चित्रबहादुर र प्रेम सुवाल उफ्रिएर केही हुँदैन । आम जनता पार्टीका प्रभु साह, डा.अमरेश सिंह पनि सत्ता वरपर नाच्ने हुन् । माधवको पार्टीले अस्तित्व बचाउनु छ । निहुँ खोजेर लडाइँ किन गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *