सार्वजनिक जग्गामा बिचौलिया र कर्मचारीको रजगज

राजनीति समाचार

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले पहिले तीन महिनाका लागि काजमा कर्मचारी खटाउने, हिसाबकिताब मिले पछि सरुवा नै गरिदिने धन्दा चलाउँदै आएका छन् । त्यस्तै धन्दाका कारण अहिले नापी कार्यालय भक्तपुरमा विकृती मौलाइरहेको छ ।

तत्कालीन मन्त्री रंजिता श्रेष्ठ र सचिब गोकर्ण मणि दवाडीलाई मिलाएर त्यहँँका हाकिम हुन पुगेका थिए प्रदिप सापकोटा उनै सापकोटाको समूहले भुउपयोग परिषदको निर्णय बिपरित तथा भु उपयोग कानुन बिपरित कित्ताकाट गरेर सरकारी सार्बजनिक जग्गा धमाधम प्लटिङ्गवालालाई सुम्पिरहेका छन् । यस्तो धन्दा चलिरहेको छ,अहिले चाँगुनारायण नगरपालिका क्षेत्रमा । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटको जग्गा अबैधानिक ढंगले प्लटिङ्ग गरेर राज्यको सरकारी सम्पत्ति व्यक्तिको नाममा पु¥याइएको प्रमाण तामाकोशी सन्देशसँग सुरक्षित छ । साबिक नगरकोट ९ ख कित्ता नम्बर ६, कित्ता नम्बर १, कित्ता नम्बर १०, कित्तानम्बर १७ लगायतको सरकारी सार्बजनिक जग्गा नै ब्यक्तिगत प्लानिङ्गमा हालिएको भेटिएपछि स्थनीयहरु क्रुद्ध भएका छन् ।

कित्ता नम्बर ३९९, ४००,देखि ४०५, ४०६ सम्मको उत्तर तर्फ रहेको साबिक पर्ती खोल्सी जग्गाको मापदण्ड बिपरित जम्मा ४ फिट मात्रै नक्सामा बाटो राखी हाल जमिनमा भने नेपाल सरकारको नाममा कायम कित्ता नम्बर ३१९ देखि ४०६को उत्तरतर्फको सरकारी जग्गालाई ब्यक्तिगत प्लानिङ्गमा हालेको भेटिएको छ । यसरी प्रदीपको समूहले गरेको बदमासीको उजुरी अख्तियारदेखि सार्वजनिक निकायसम्म पुगिसकेको छ ।

कित्ता नम्बर २६६, २६५, २६१, २५९, २५५, २५६, ३७६, ३७९, मा कुलो खोल्सी रहेको सार्बजनिक सम्पदालाई मास्ने गरेर बाटो निकास भनी नक्सामा हु बहु बाटो जस्तो देखिने बनाई र कित्ता नम्बर ३९९ देखि ४०५ सम्म ब्यक्तिगत जग्गा बाटो काटे झै जम्मा नक्सामा तीन फिट मात्रै कित्ता काट गरेर बाँकी १७ फिट जग्गा भने कित्ता नम्बर ३९९ देखि उत्तर हुँदै कित्ता नम्बर २६६ देखि २५५ को उत्तर पश्चिमतर्फ रहेको सार्बजनिक सम्पदालाई नेपाल सरकारको जग्गालाई भु उपयोग परिषदको निर्णय बिपरित बाटोको चौडाई कायम हुने गरेर १७ फिट जग्गा सरकारी जग्गा ब्यक्तिगत प्लानिङ्गमा मिसाई राखेकोले प्लटरले जमिनमा गैरकानुनी मिलेमतो गरि बाटो प्रयोगमा चाहिँ सरकारी जग्गा प्रयोग आउने गरेर फिल्ड निर्माण गरेको र नापी मालपोत कार्यालयले चाहिँ मापदण्ड बिपरित ३ फिट कतै दस फिट बाटोको चौडाइ राखि कित्ताकाट गरेकाले कारबाहीको माग राख्दै अख्तियारमा स्थानीयहरुले उजुरी हालेका छन् ।

यस्तै नगरकोट ९ ख कित्ता नम्बर ३८०, ३८३, ३८४, ३८७, ३८८, ३९१,समेतको पश्चिमतर्फ गोरेटो बाटो, खोल्सीको मापदण्ड र भुउपयोग परिषदको निर्णय बिपरित प्लटीङ्गको बाटोमा सार्बजनिक कित्ता नम्बर १७ को जग्गा मिसाई बाटोको चौडाई बीस फिट हुन पर्नेमा सार्बजनिकलाई मिसाएर २० फिट चौडाइ पूरा गरेको, कित्ता नम्बर ३१७ देखि ३२६ सम्म काटिएको बाटोको टोटल लम्बाइ ११७ मिटर रहेकोमा नगरबिकास कानुनले मुख्य मार्गबाट ५० मिटर भित्रसम्म चाहिँ बाटो खुलाउने प्रयोजनार्थ १३ फिटसम्म काट्न सकिनेमा हाल नापी कार्यालय भक्तपुरले सार्बजनिक जग्गा भोगचलनमा हड्पेर नक्सामा एक थरी जमिनमा अर्कै थरी कित्ताकाट गरेको भेटिएको छ । मुख्य मार्गबाट ५० मिटर भित्रसम्म १३ फिट चौडाइ छुट्याउनु पर्नेमा सो नगरी १२० मिटरभित्रसम्म दस फिट मात्रै बाटोको चौडाइ राखेर अर्काे बदमासी गरिरहेको छ उक्त कार्यालयले ।

सर्बसाधारण नागरिकलाई कित्ता काट हुँदैन १३१ बर्ग मिटर भन्दा कम हुन्न भन्ने तर नगरपालिकालाई झुक्याएर वडा कार्यालयका अध्यक्ष समेतको मिलेमतोमा प्लानिङ्ग होइन भनी करिब २० रोपनी जग्गामा प्लानिङ्ग परमिट लिएर गर्न गराउन पर्नेमा सो नगरी नापी कार्यालय र मालपोत कार्यालयले सेटिङमा प्रती कित्ता १३१ बर्ग मिटर भन्दा कम राखे बापत, प्लानिङ परमिट नलिएर ठूलो क्षेत्रमा प्लानिङ गरेर पनि सरकारी जग्गालाई प्लानिङ भित्र सरकारी जग्गा मिसाएर मात्रै बाटो २० फिट कायम हुने गरेर र नगरपरिषदको निर्णय बिपरित कित्ता काट आदेश गरेकाले कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको हो ।

यस्तै हाल कायम नगरकोट ९ ख कित्ता नम्बर ३५१ र ३४० को दक्षिण पश्चिमको सरकारी पर्ती जग्गालाई बाटो बनाउने प्रयोजनमा सहयोग पुग्ने गरेर नक्सामा १० फिट मात्रै काटेर जमिनमा भने फिल्डमा हेर्दा २० फिट बाटो बनाइ सरकारी सार्बजनिक जग्गा प्लानिङ्गवालालाई मिसाएर फिल्ड निरिक्षण समेत गरि कार्यालय प्रमुखले कित्ता काट गर्ने आदेश दिएर सरकारी जग्गा बेमाख र बिक्रीवितरण गर्न गराउन खोजेकोले सरकारी जग्गा संरक्षणमा स्थानीय सरकार र नापी कार्यालय , मालपोत कार्यालय समेत सचेत नदेखिएकाले अख्तियार दुरुपयोग अनुसंधान आयोगले नै पहल कदम लिएर संरक्षण गर्न निवेदन दिइएको सरोकारवालाहरुले बताएका छन् ।

यसरी सार्वजनिक जग्गा भूमाफियाहरुलाई हस्तान्तरण गर्ने सहयोग गरेवापत्त नापीका कर्मचारीहरुले भूमाफियाबाट मोटो रकम बुझेको त्यहीका इमान्दार कर्मचारीहरुले तामाकोसी सन्देशलाई जनाएका छन् । प्रदीपका दाहिने हात मानिएका कर्मचारीले बिभागले दिएको नेलिस आइडी घरमा नै बसेर काम गर्न मिल्ने सर्भर पासवर्डलाई प्रयोग गर्ने गरेको र यस्को व्यवस्था नापी कार्यालयका कर्मचारी सन्जित वलीले मिलाउने गरेको ती कर्मचारीले जनाएका छन् । यो बिषयमा प्रतिक्रिया लिनका लागि सापकोटालाई पटक पटक टेलिफोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *