कांग्रेस नेता पनि भ्रष्टाचारमा

राजनीति समाचार

काठमाडौं । चुनावमा अनेक वचा ग-यो, जनता ठयो । कांग्रेस, एमाले र माओवादीको यो नियत नै हो । १५ करोड हिनामिन गरेर मितेरी सहकारी डुबाउने धनराज गुरुङ, डा.शेखदर कोइरालाजस्तो निष्कलंक नेताको प्रतिष्ठामाथि प्रहार भएको छ । घुस्याहा र भ्रष्टहरुको सञ्जाल कांग्रेस हो । जेल परेका बालकृष्ण खाँडको केन्द्रीय सदस्यता निलम्बन गरेन । लोकतन्त्र कानूनी राज विधिको शासन कांग्रेसको यही हो । हत्यारा वादशाह कुर्मी, गुण्डाहरु रोज राणा, मिनकृष्ण महर्जन, सरकारी कागज कीर्ते कृष्णबहादुर केसी जस्ता प्रदेशका सांसद बनेका छन् ।

यो विडम्बना कांग्रेसीहरु सहँदैछन् । भ्रष्टाचार नीतिगत तहमा चरम छ । एमालेका अध्यक्ष एउटा बोल्छन्, काम अर्काे गर्छन । रातभर तस्कर माफियासँग बालुवाटारमा रमाउने प्रम हुँदा मीनकृष्ण महर्जन, धनराज गुरुङले संघीय संसद र प्रदेशको बद्नाम गरेकै छन् । डा.शशांकका दीपक खड्का उर्जामन्त्री छन् । दीपकले स्काउटको सम्पत्ति ७ करोड पचाउन खेलकुदमन्त्रीको साथ खोज्दैछन् ।

कांग्रेस र एमालेका अपराध कर्मसँग जोडिएका सांसद र मन्त्री माथि जनताले कारबाही कस्तो गर्लान् चुनावमा त्यस्ताले टिकट पाउलान कि नपाउलान ? युवा महामन्त्री गगन थापा र विश्वप्रकाशको चाल शंकास्पद पछ । आरजुको संरक्षणमा हुने अपराधमा कांग्रेसीहरु चोखा बन्छन् । सहकारी ठगीमो हिजो रास्वपाका अध्यक्ष माथि औंला ठड्याउने धनराजको १४ करोड ५० लाख काण्ड सार्वजनिक भएको छ । कानूनमन्त्री बनेको छोटो समयमा ९१ लाख ७५ हजार मितेरी सहकारीमा तिरेका धनराजले त न्यायाधीश बनाउँदा कमाउनुसम्म कमाएका छन् भन्ने देखियो । जो चोर उसैको ठूलो स्वर भन्ने उखान पुष्टि हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *