धवललाई पछि पारेर दशा निम्तयाउँदै राजेन्द्र

राजनीति समाचार

काठमाडौं । भ्रष्टाचार गर्नु आमाकै रगत खानु बराबर भन्ने झापाली राईको राजनीतिक धरातल गुम्दैछ । राजावादी राप्रपामा क्रिश्चियनधारी रविन्द्र मिश्रहरु प्रवेश गरेका छन् । तर खान्दानी राजावादीहरुलाई पदमुक्त गरेर राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने बाटो त्यो बेला रोज्दैछन् जुन बेला सरकारका प्रधानमन्त्रीको प्रधान पक्ष जनता भन्दा दल विभाजन छ । बाढीपीडितले राहत पाएको छैन, विद्यालय मर्मत नहुँदा तिहार लगत्तै खुल्ने अवस्था छैन । एमाले तस्कर र माफियाको पाटीृ भएको कुरा प्रधानमन्त्रीले विद्युत महसुल उठाउन नदिनु, दूरसंचार कर मिनाहा गर्नु, भन्सारहरुमा सिण्डिकेट लागू गर्नु हो ।

सरकारको यो गति बुझेको राप्रपालाई महामन्त्री धवल शमशेरले चलाएको संगठन विभाग खोस्नु प्रधान पक्ष बन्यो । अध्यक्ष लिङदेनले ५ करोड लिएर प्रचण्ड सरकारका बेला आफु उपप्रमसहित उर्जा मन्त्रालय ठेकेदार विक्रम पाण्डेलाई सहरी विकास मन्त्री बनाएको पोल तिनै धवलले खोलिदिँदा बद्नाम भएका हुन् । राजा सहितको हिन्दू अधिराज्यका योजना ल्याउने धवल शमशेर, पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी समेतको साथ छ । क्यान्सरको उपचारका लाग धवल शमशेर दिल्लीमा छन् । शमशेरको राजनीतिक सक्रियतामा पार्टी अब कति हुन्छ थाहा छैन । तर उनले प्रधानमन्त्री केपी ओलीको योजना सफल बनाउने भएका छन् ।

ओलीलाई देश वामपन्थीमय भएको समयमा पनि झापाबाट राप्रपाका राजेन्द्रलाई जिताउन वाम गठबन्धन भन्दा फरक राप्रपा एमाले गठबन्धन गर्न तत्कालन ज्ञानेन्द्रको आग्रह थियो भने ०७९ मा बाध्यता । अबको अवस्था त्यो छैन । किनकि ०८४ मिसन केपी ओलीको एक्लो अभियान हो । एमालेलाई देश ल्ुट्न र मिनबहादुर गुरुङ, दीपक मल्होत्रा, विशाल अग्रवाल, डा.मोति दुगड, सतिशलाल आचार्यजस्ता १९ जना उद्योगी व्यापारीलाई कर छुट विद्युत महसुल छुट दिलाएर मुलुकलाई डुबाउन जनताले दिँदैन भन्ने कुरा राजावादी राप्रपाले पनि बुझ्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *