काठमाडौं । प्रधामन्त्री केपी ओलीको दल विभाजन डिजाइन नेपाली कांग्रेसले नै छेकेको छ । ८८ सिटको कांग्रेसले ७८ सिटको एमालेका लागि १२ जना सांसद थपरे ९० बन्न दिँदा आफैं कमजोर हुने शिक्षा लिनु नै प्रधानमन्त्रीको डिजाइन छेकिनु हो । प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाको चित्त बुझाउन कठिन भएन । तर डा. शेखर कोइराला महामन्त्री गगन थापाहरूले पार्टीको धरातल हेरेर एमालेको स्वार्थ पुरा हुने स्थान रोके ।
गृहमन्त्री रमेश लेखकको घर्रामा थन्केको अध्यादेशले जसपा, नाउपा, जनमत पार्टी विभाजन गर्न बाटो सहज बनाउँदा नेकपा एकीकृत, लोसपाले समेत विभाजनको मार सहनुपथ्र्याे । कमिसन प्रधानमन्त्री ओलीको राष्ट्रिय एजेन्डा बनेको छ । राजनीतिक स्थायित्व केपी ओली शासनमा हुँदैन । नेकपा एमालेले २०४७ सालमा पनि नेकपा एमालेले नेकपा मसाल, नेकपा मानन्धर, नेकपा बर्माको पार्टी छिन्नभिन्न भउको थियो ।
२०५१ सालको मध्यावधिपछि नेमकिपाका सांसदहरूलाई पार्टी प्रवेश गराएर छिन्नभिन्न बनाउने पनि नेकपा एमाले हो । स्व. मदन भण्डारी आफैले पनि खुला मञ्चबाट एमालेले धरहराको टुप्पाबाट अरु कम्युनिस्ट पार्टीलाई हेर्नुपर्ने भयो भन्दा ताली पिट्ने ईश्वर पोखरेल, प्रदिप नेपालजस्ता विदेशी एजेन्टहरु थिए । आज प्रदिपले एमाले छाडे, ईश्वर पोखरेल एमालेमै छन् ।
एमाले जासुसहरूको संस्थागत रूपमा समेट्ने पार्टी हो । त्यसको प्रमाण पत्रकार महासंघको निर्वाचनमा चौतारीका बालकुमार नेपाल र युनियनका नारदमुनि गौतमलाई हराएर हरि लम्साल र युवराज विद्रोहीले चुनाव जितेपछि ईश्वरी वाग्लेविरुद्ध जिप्रका काठमाडौंमा उजुरी दिन लगाउने राजेन्द्र गौतमको जासुसी जाल हो । अहिले पनि युनियन र चौतारीको एलायन्स हुँदैछ । सरकार तिनकै छ, कति पत्रकार पीडित हुने हुन थाहा छैन ।