काठमाडौं । भ्रष्टाचार र बेथितिसँग जोडिएका मन्त्रीको जागिर प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणसम्म जोगिँदैछ । असक्षम र भ्रष्ट पठाएर कांग्रेसले ओली सरकारको बद्नामी गराउनका लागि थालेको अभियान सफल भयो भने एमालेका भ्रष्ट दामोदर भण्डारी, राजकुमार गुप्ता, बलराम अधिकारीले चुनाव खर्च उठाए । कांग्रेसभित्र डा.आरजु राणा, दीपक खड्का, बद्री पाण्डे चर्चाका पात्र हुन् । उर्जा क्षेत्रमा दीपक खड्का, पूर्णबहादुर तामाङ, पर्यटनमा बद्री पाण्डेलाई आफ्नै टिमका सांसद राजेन्द्र बजगाइँले भ्रष्टाचारको आरोप लगाउँदा पद जोगाउन समस्या परेको हो ।
प्रधानमन्त्री ओली आफै मधुमासका बेला एनसेल र विद्युत महसुल उठाएर धनाढ्य भएको बेला मन्त्रिमण्डलमा भ्रष्टहरु पालेर किन बद्नामी सहँदैछन् ? जबकि उनले नभनि अर्थ मन्त्रालयले कामक सकेका ठेकेदारहरुको ८ अर्ब ५३ करोड भुक्तानी भएन । सरकारले अझै काम सम्पन्न भएका ३ अर्ब ४३ करोड बिल भुक्तानी गर्न बाँकी छ । झापाका देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्री बनाएर मन्त्रलायको ताला साँचो आफैंले लिएर प्रधानमन्त्रीले जागिरको ग्यारेन्टी गर्दैमा बद्नामी हटेको छैन ।
ओली सरकार जुन ढंगले बनेको छ, त्यो रुपमा काम गरेन । दुई तिहाईको साथ लिने भ्रष्ट रोगले प्रधानमन्त्री ग्रस्त छन् । आफैंले प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएका गुप्तचर, सम्पत्ति शद्धीकरण र राजस्व अनुसन्धानमा भने हलपहल नहुँदा प्रधानमन्त्री केपी ओलीलाई कुरीकुरी लाग्नुपर्ने हो । सरकार देखावटी रुपमा बलियो छ । तर व्यवहारमा विपक्षी दलको आक्रोशबाट सत्तापक्षले नै शुक्रबार जागरण अभियान चलायो । प्रधानमन्त्रीले आफुले गरेका निर्णयबाट आफैं पंगु भएको महसुस नगर्दा भ्रष्टाचारमा डुबेका मन्त्रीको पद चीन भ्रमणसम्म जोगिएको दाबी समाचार सुत्रको छ ।
