अहिले नेपालको अवस्था भनेको नबिकास नराजनीतिक निकास नै हो । नेपालको संबिधान २०७२ यस्तो बनेको छ कि नेपाली जनताले घृणा गरेको कुनै पनि दलका शीर्ष नेताहरु पटक पटक नेपालको प्रधानमंत्री बन्न सक्छन् । नेपाल राष्ट्र र नेपाली जनताको बिरुद्ध बिदेशीका दलालहरु सित मिलेका कुनै पनि राजनीतिक दलका अलोकप्रिय शीर्ष नेताले राजनीतिक चलखेल गरी सांसदको गन्ती पुर्याएर नेपालको प्रधानमंत्री जसरी पनि बनी हाल्छन् । नेपालको यस्तो राजनीतिक अवस्थालाई नेपालमा राजनीतिक नेतृत्व बदलियो वा राजनीतिक परिवर्तन भयो भनी पटक्कै मान्न सकिन्न । यस्तै राजनीतिक दुरावस्था नेपालमा लामोकाल देखि नै विद्यमान छ । तीन दलका शीर्ष नेताहरुले भागबण्डाको विधि अपनाएर पालै पालो नेपालको राजनीतिको नेतृत्व गर्दै आएकाछन ।
यस्तो सँठगाँठले गर्दा नेपालमा राजनीतिक परिवर्तन भएको महसुस सम्म पनि नेपाली जनतालाई भएको छैन । ठिकै छ नेपालको राजनीतिक व्यवस्थालाई एकैछिन संघिय लोकतान्त्रिक गणतन्त्र मानौ । आम चुनाव भएपछि नयाँ राजनीतिक दल वा पुरानै राजनीतिक दल सत्तामा आउन सक्ने कुरा सर्वबिदित नै छ ।
पुरानै राजनीतिक दल आम चुनाव पछाडि सत्तामा आयो भने सरकारको नीतिहरु पुरानै कायम रहनेछन । तर नयाँ राजनीतिक दलले चुनाव जितेर सत्तामा आएपछि सरकारको नीतिहरु परिवर्तन हुन्छन । सरकारको नीतिहरु परिवर्तन भएपछि आम जनताले सत्ता परिवर्तन भएको महसुस गर्नेछन । यहि कुरा नेपालमा भईरहेको छैन चाँडो चाँडो नेपाल सरकार बदलिए पनि सरकारको नीतिहरु उही पुरानै कायम भई नै रहन्छन ।
यसरी नेपाली जनताले नेपालमा राजनीतिक परिवर्तन भएको कुराको अनुभूति कहिले पनि गर्न पाईरहेका छैनन् । यस्तो नराजनीतिक निकास नबिकासको अवस्थालाई आम चुनावबाट नेपाली जनताले बदल्न सक्नु पर्ने त्यस्तो हुन सकीरहेको छैन । नेपाल राष्ट्र र नेपाली जनता एक प्रकारको राजनीतिक नेतृत्वको घनचक्करमा फँसी सकेका छन् । घुमी फिरी रुम्जाटार भनेको जस्तो नेपाली जनताले घोर घृणा गरेको नेपाली काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरु नै पटक पटक दोह¥याई तेह¥याई नेपालका प्रधानमन्त्री बन्दै आएका छन् । उहाँ दलका शीर्ष नेताहरुले आफैलाई सर्वश्रेष्ठ र सक्षम राजनीतिक नेतृत्व माने पनि आफ्नो कार्यकालमा भएगरिएको कमी कमजोरी अनि भ्रष्टाचारको जिम्मेवारी लिएर जबाफदेही बन्ने प्रयास कहिले गरेका छैनन् ।
नेपालको संबिधान २०७२ अनुसार नेपाल राष्ट्रलाई चल्ने चलाउने हो भने नेपाली जनताले निरन्तर यसरी नै तिनै नेता त्रयलाई व्यहोरी राख्नु पर्ने हुन्छ । नेपालमा सरकार बदलिए पछि पनि सरकारी नीतिहरु कहिले पनि बदलिएका छैनन् । नेपाली जनताले परिवर्तन गर्न चाहेका सरकारी नीतिहरु दलका शीर्ष नेताहरुको जोडजबर्दस्तीले गर्दा सदाबाहार नेपाल राष्ट्रमा कायम भईनै रहने छन् । यस्तो राजनीतिक नेतृत्वको घनचक्करलाई नेपाली जनता बदल्न चाहीरहेका छन तर सकीरहेका छैनन् । यसबाट के बुझिन्छ भने नेपालको संबिधान २०७२ भित्र गम्भिर खाले त्रुटी रहेको छ । अब नेपालमा यस्तै संधै चली नै रहने हो भने उक्त संबिधान काम लाग्दैन र पुरै बदल्न जरुरी हुन्छ । अमेरिकी आम चुनाव पछाडि त्यहाँको सरकार र सरकारी नीतिहरु बदलिन्छन् अनि नेतृत्व गर्ने व्यक्तिहरु पनि सबै फेरिन्छन् । त्यसैले अमेरिकी जनतालाई सरकार र सत्ता बदलिएको महसुस सहजै भइजान्छ । नेपालको सन्दर्भमा पनि नेपाली जनता चुनाव पछाडि त्यस्तै अमुल राजनीतिक परिवर्तन भएको हेर्न चाहीरहेकाछन । नेपालमा त्यस्तो भईरहेको छैन किनकि नेपालको संबिधान २०७२ त्रुटीपूर्ण बनेको छ । यो संबिधान अनुसार नेपालमा चुनाव गर्नु र गराउनुको कुनै फरक नै छैन ।
यदि चुनाव पछाडि सत्ता र सरकार बदलिएर नीतिहरु र नेतृत्व पनि नबदलिने हो भने आम चुनाव गराई राख्नुको कुनै औचित्य छैन । त्यहि पुरानै नेतृत्व र पुरानै सरकारी नीतिहरु काम रही नै बस्ने हो भने त्यत्रो लगानी गरीगरी चुनाव गराउनु वेमतलवको अभ्यास मात्रै ठहर्छ । त्यसै पनि नेपाली जनताले संघिय लोकतान्त्रिक गणतंत्रको नबिकास नराजनीतिक निकासको अवस्था देखेपछि पहिलेको राजतंत्रलाई नै तुलनात्मक रुपले राम्रो राजनीतिक व्यवस्था मान्न थालीसकेका छन । राजतंत्र र पञ्चायत राजनीतिक व्यावस्थालाई बद्ख्वाई गरी हिंडेर कहिले नथाक्ने दलका नेताहरुले राम्रो कामगरी त्यो राजनीतिक व्यवस्था र यो राजनीतक व्यवस्थाको बिचमा रहको फरक देखाउन सक्नु पर्ने हो तर असफल भएका छन् ।
दलका नेताहरु असफल मात्र होइन भ्रष्टाचार र अनेक आर्थिक अपराधका काण्डहरुले गर्दै साह्रै नै बदनाम पनि भईरहेकाछन । पहिले दलहरुले फैलाएको भ्रममा परी नेपाली जनता राजतंत्र र पञ्चायतको बिरोध गरी दलहरुको पक्षमा उभिएका थिए । तर अब आएर नेपाली जनतालाई आफुहरुले गल्ती गरेको महसुस हुन थालीसकेको छ । दलहरुले राजतंत्रलाई हटाएर नेपालमा धर्मनिरपेक्षता लागु गरी वैदिक सनातनी हिन्दूधर्मको ठाउँमा इसाई धर्मलाई बढवा दिए ।
दलहरुले पहिले राजतंत्र र पञ्चायात व्यवस्थाको बिरुद्ध भनेका र अहिले सत्ता पाएपछि गरेका काम कार्यबाहीहरुमा ठुलो अन्तर देखिएका छन । दलका शीर्ष नेताहरुले जनभावना अनुसार नचली बिदेशीको दलालहरुले भने अनुसार नेपालको नीति, नियम र कानुनहरु भटाभट बनाएपछि बल्ल नेपाली जनताले आफु नराम्रो सित दलहरुबाट ढगिएको अनुभूति गर्न थालेकाछन । जनभावना अनुसार चल्नु पर्ने दलका नेताहरु आफ्नो सुरुची अनुसार चल्दै आफ्ना स्वार्थहरुको पूर्तिका लागि राजकिय सत्ताको चरम दुरुपयोग गरीरहेकाछन । दलका शीर्ष नेताहरुको अनुहार सम्म पनि नेपाली जनता यतिबेला पत्र पत्रिकामा छापिएको र टिभीको समचारमा प्रसारण गरिएको हेर्न चाहीरहेका छैनन् । सबै नेपाली जनता दलका शीर्ष नेताहरुको चाला माला देखेर आजिद भएकाछन र उहाँहरुको ठाउँमा नयाँ तर युवा नेताहरुको उदय भएको हेर्न उत्सुक छन । तर दलका शीर्ष नेताहरु भने जनभावनालाई कुल्चेर तहसनहस पार्दै आफ्ना कुत्सित र कुण्ठित चाहानाहरुको परिपूर्तिका लागि लाज पचाएर लागेका छन् ।
दलका शीर्ष नेताहरु गलत छन भन्ने कुरा उहाँहरुले गरेका अनेक भ्रष्टाचारका काण्डहरुबाट युकेजीमा पढीरहेका बालकहरुलाई समेत ज्ञान भईसकेको छ । दलका शीर्ष नेताहरुका बिरुद्ध कती लेख्नु कती बोल्नु । यसो गर्दा गर्दै पत्रकारहरुको मसी नै सकी सक्यो भने विपक्षी दलका नेताहरु सदनमा बोल्दा बोल्दा र सडकमा आन्दोलन गर्दा गर्दा थाकीसकेका छन । तर पनि सत्ताको भोगी दलका शीर्ष नेताहरुले विपक्षीको सही कुरा सुन्ला कि भन्दा उल्टै सत्ता कै दुरुपयोग गरी विपक्षी दलका प्रमुख नेताहरुलाई प्रयोजित मुद्दा लगाएर दुःख दिने कामहरु भईरहेकाछन । अहिले विपक्षी नेतृत्वको बिरुद्ध सत्तासिन दलका शीर्ष नेतृत्वले चलाएको कार्याबहीहरु धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तो मात्रै सावित भईरहेकाछन ।
नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा बोल्दै आएका र काम गर्दै आएका दुर्गा प्रसाई, बालेन शाहा, रबि र कुलमान घिसिङलाई दलका शीर्ष नेताहरुले आफ्नो आँखामा घुसेको छारो ठानेका छन् । त्यसैले उहाँहरुले उठाएका राम्रा जनपक्षिय मुद्दाहरुलाई आफु बिरुद्धका राजनीतिक षडयन्त्र ठानी बसेका छन् । दलका शीर्ष नेताहरुले आफुभित्र अन्तर्निहित कमी कमजोरीलाई सुधार्ने तिर ध्यान दिएका छैनन् । साथै आफु सत्तामा आउँदा नेपाली जनता समक्ष गरेको बाँधाहरु र गर्छु भनेका कामहरु प्रति उपेक्षारत छन । त्यसैपनि नेपाली जनताको समक्ष दलहरु उदाङ्गी सकेकाछन ।
दलहरुले फैलाएको भ्रममा नेपाली जनता पुनः भ्रमित हुने संभावना कमै छ । तर नेपाली जनता दलहरु सित पहिले देखि कै हिसाब किताप फर्स्योट गर्न गराउन तमतयार भईरहेका छन । बिगतमा दलहरुले फैलाएको भ्रममा परी राजतंत्र बिरुद्ध आफुहरुबाट भएका अन्यायलाई न्यायमा बदल्ने प्रयस गर्दैछन । दलका शीर्ष नेताहरुले यसलाई त्यति गम्भिरता पूर्वक नलिएको भएतापनि दलका नेताहरु यतिबेला खतरा क्षेत्रमा उभिएका छन । नेपालमा राजनीतिक परिवर्तन अपरिहार्य भईसकेको छ । दलका शीर्ष नेताहरुको पापको घडा दिनानुदिन बढीरहेको हुँदा उहाँहरु सत्यको नजरबाट सुरक्षित छैनन् ।
कर्मको फल सबैले भोग्नै पर्छ भने दलका शीर्ष नेताहरु मात्रै अपवाद हुनै सक्दैन । आफुलाई कानुन भन्दा माथि ठान्ने दलका शीर्ष नेताहरुले नेपालको कानुनी राज कै खिल्ली उडाएकाछन । दलहरुले नै नेपालमा लागु गरेको उदारवादी स्वतंत्र बजार अर्थतंत्रलाई पनि दलहरुबाटै दलाल व्यापारीहरु र व्यवसायीहरुका साथ मिलोमतो गरी लगातार हस्तक्षेप गर्ने काम भएपछि नेपालको स्वतंत्र बजार अर्थतंत्र पंगु भईसकेको छ । नेपालको बजार स्वतंत्र छैन किनकि यहाँ माग र आपूर्तिको शिद्धान्तले काम गर्न छाडीसकेको छ ।
अहिले नेपालको राजकिय सत्ता सम्हालेर बसेका दलहरुका राजनीतिक नेतृत्व सित नेपाल राष्ट्र र नेपाली जनता प्रति शंकल्प र लगन छैन भने अनुशासन पनि छैन । यसरी नै नेपाल राष्ट्र र नेपाली जनताको सुन्दर भविष्य बनाउछौं भन्ने विकल्प सहितको योजनाहरु पनि दलहरु सित छैन । त्यसैले नेपाल राष्ट्र अगाडि बढीरहेको छैन र नेपालमा नबिकास र नराजनीतिक निकासको अवस्था कायम रहेकोछ । यस्तो गन्तव्यहिन यात्राले मुलुकलाई कतै पुर्याउने छैन र संधै घिनलाग्दो राजनीतिक दुषचक्र भित्र घुमेर नै नेपाल राष्ट्र र नेपाली जनता आबाद होला भन्दा बर्बाद भई नै राख्ने छ ।