यस स्तम्भको केही श्रृखला देखि संखुवासभा जिल्ला भ्रमणको विषयमा केन्द्रीत भैरहेको थियो । अझै केही लेख्न वाँकी नैं भएको बेलामा हाम्रो परिवारमा मृत्यू रुपी वज्रपात प¥यो । हाम्रो ८८ वर्षिय बुवाले आफुलाई धर्तिमा नैं विलय गराउनु भयो । शोकको घडीमा अरु विषयमा लेख्न मन लागेन । सनातनी हिन्दु परम्परा अनुसार तेह्रौं दिनसम्मको कर्म सकाएर हामी सामान्य जीवनमा फर्किएका छौं । त्यसैले विगतमा रोकिएको श्रृखलालाई निरन्तरता दिने कोसिस गरिएको छ । काठमाडौं देखि खाँदवारी हुँदै गोलासम्म पुगेको प्रसङ्ग विगतका श्रृखलामा उल्लेख भएको थियो । यस श्रृखलामा भने पैदल यात्राको प्रसङ्ग उल्लेख गर्ने कोशिस गरिएको छ । भोटखोला गाउँपालिकाको गोला देखि सो पालिकाको केन्द्र हटियासम्म हिड्नु परेको थियो । त्यो सन्दर्भमा भएका र देखिएका गतिविधिहरु समेट्ने प्रयास गरिएको छ ।
पैदल यात्रा
हाम्रो यात्रा जारी थियो । गन्तव्य पुगिएको थिएन । भोटखोला गाउँपालिका वडा नं. ४ स्थीत गोलाको बास पछि कार्तिक ८ गते विहान अरुण नदीको किनारै किनार अझै अगाडी वढ्यौं तर पैदलै । हुनत पैदल १ घण्टा जती समय लाग्ने वरुण भन्ने स्थानसम्म गाडी जाने रहेछ तर हामीले त्यता ध्यान दिएनौं । विहानै जोशजाँगरका साथ हिड्यौं । बरुण पुगियो । यहाँ अरुण र बरुणको संगम स्थल दोभान रहेछ ।
वरुण नदी मकालु हिमालबाट आएको हो रे । यसको पानी अलि फरक सफा र निलो पनि देखिन्थ्यो तर अरुणको पानीमा खैरो मैलो पानी देखिन्थ्यो । वरुण नदीमा नुहाएर केही मागेमा प्राप्त गर्न सकिन्छ भन्ने चलन पनि रहेछ । हामीले बरुण नदीलाइ झोलुङ्गे पुल मार्फत त¥यौं । अबको ४ घण्टाको यात्रामा हाम्रो गन्तव्य भोट खोला गाउँपालिकाको केन्द्र हटिया पुगिन्छ भन्ने कुरा थियो ।
केही उकालो र केही ओरालो प्राय जसो तेर्सो नैं हिडाइ थियो । हाम्रो यात्रा ४ जना विचमा रमाइलो कुराकानी गर्दै चलिरह्यो । विचमा अरु बटुवाहरु पनि भेटिन्थ्ये । हाम्रो छिन्डुम मेनक्पा भोटे धेरै दानी सवैलाई खुवाउँदै हिड्ने । बाटामा भेटिने सवै होटलमा केही न केही खानु पर्दछ अनी पो उनीहरु व्यवसाय गरी वस्छन् भन्ने उहाँको सोच थियो । हुन पनि हो त्यो विकट ठाउँमा वस्न लायक ती व्यापारीहरुले नैं वनाएका हुन् । उनीहरु त्यहाँ नवस्ने र यात्रीलाई सेवा नदिने भए के हालत हुन्थ्यो होला । अहिले हामीले खानकोलागि वा पेट भर्न नैं भने पनि हाम्रो साथमा खानेकुरा आफै बोक्नु प¥थ्यो होला । तर उनीहरुले ससाना पसल तथा होटल चलाएका कारण हामी र हामी जस्ता यात्रुलाई सहज हुन पुग्यो ।
अलैंचीको बगान
जंगल विच जस्तो एक ठाउँमा सानो होटल रहेछ । त्यहाँ चाउचाउ खाने कुरा भयो । चिनियाँ चाउचाउ तयारी पाइदो रहेछ । चाउचाउकै भाँडामा तातोपानी हालेर खान मिल्ने । प्याकेटमा नैं मसला, गुन्द्रकको प्याकेट पनि हुँदो रहेछ । मसला, गुन्द्रको सानो प्याकेट खोलेर चाउचाउ भएको भाँडो हाल्ने अनी तातो पानी खन्याए पछि चाउचाउ तयार हुने रहेछ । चम्चा पनि त्यसैमा पाइने रहेछ । चाइनाले कस्ता कस्ता सामाग्री उत्पादन गरेको छ भन्दै खायौं । त्यस्तो चाउचाउ त्यस पसलमा २ वटा मात्र भएकोले सवैले त्यो चाख्ने कुरा भयो । मैले पहिलो पटक खाँदै थिए । तर महँगो रहेछ एक वट्टाको रु २ सय ५० पर्दो रहेछ । केही समय आराम गरी हामी फेरी अरुण किनारै किनार लाग्यौं । वाटो बेला बेलामा हराउँथ्यो ।
अरुणको किनार भएकोले अलिकती गोडा चिप्लीयो भने सोझै नदीमा पुगिने डर थियो । पहिरोका कारणले बाटो हराएको थियो । २ ठाउँमा चाँही साह्यै डर पनि लाग्यो । तैपनी रमाइलो गर्दै भिडियो वनाउँदै हामी अगाडी वढि रह्यौं । स्थानीय साथीहरुले हटिया त्यही पर हो भन्नु हुन्थ्यो तर पुग्ने छाँटकाँट नैं हुँदैनथ्यो । हामीले हिड्दा सवै तिर कालो सुन (अलैची)को वगान भेट्यौं । अधिकांश स्थानमा अलैचीको लोभलाग्दो बोट देखिन्थ्यो । मनमोहक पनि थिए । रहर पुग्ने गरी फोटो खिच्यौं । ठाउँ ठाउँमा अलैंचि सुकाउने भट्टीहरु पनि भेटिए । थकाई मार्नकालागि ससाना विश्रामस्थल पाइन्थ्ये । यस्ता संरचनाहरु कुनै व्यक्तिको मृत्यू पछि उस्को संझनामा आफन्तहरुले तयार गरिदिएका हुँदा रहेछन् । बाटामा पिउने पानीको समस्या परेन ।
लुकेको हटिया
भोटखोला गाउँपालिका केन्द्र ‘हटिया’ भन्ने ठाउँ नैं लुकेको रहेछ । त्यही नपुगी नदेखिने । हामी २ वजे तिर हटिया पुग्यौं । पहिले नैं निर्धारण गरिरहेको एक होटलमा झोला राख्यौं । खाना खायौं । अनी गाउँपालिकोको कार्यालय तिर गयौं । पालिका उपाध्यक्ष सहना लामा सँग भेटघाट भयो । त्यसै गरी प्रमुख प्रशासकिय अधिकृत फुर्पु भोटेसँग पनि कार्यक्रमको तयारीको बारेमा छलफल ग¥यौं । गाउँपाकिलाको अध्यक्ष वाङछेदर लामा चाँही विरामी भएर काठमाडौं हुनु भएकोेले यो कार्यक्रममा सहभागी हुन नसक्ने कुरा हामीले काठमाडौंमा नैं थाहा पाइसकेको थियौं । फोन गरेर हामी हटिया पुगेको जानकारी गरायौं । फोनबाटै अध्यक्षको स्वागत खाइयो ।
भोटखोला गाउँपालिका संखुवासभाको सदरमुकाम खाँदवारीवाट ३० कोष उत्तर तिर पर्दछ यो पालिका । ५ वटा मात्र वडा छन् । गाउँपालिकाको क्षेत्रफल ६ सय ३९ वर्गकिलोमिटर रहेकोे छ । जनसंख्या ६ हजार ५ सय ७६ मात्र छ । अधिकांश भोटे समुदायको बसोवास छ । यहि हुँदै विराटनगर देखिको किमाथांका जाने सडक निर्माणाधिन रहेको छ । यो सडकको एक अंश हटियाको गाउँपालिकाको कार्यालय नजिकै भेट्यौं । यहाँ नेपाली सेना र मकालु बरुण राष्ट्रिय निकुञ्जको इकाइ कार्यालयहरु रहेछन् । त्यसै गरी ग्लोबल आइएमइ वैंकको शाखा समेत देखियो ।
‘हटिया’ समथर रहेछ । १ हजार ६ सय हाराहारीको उचाई रहेको स्थान सुन्दर देखिन्छ । धान खेती हुँदो रहेछ । मकै कोदोको खेती पनि प्रशस्तै हुँदो रहेछ । पैसा कमाउने बालि त अलैंची भैगयो । सायद कृषि उपज मध्ये सवै भन्दा महँगो अलैचि होला जस्तो लाग्दछ । किनकी एक किलो अलैचीको रु. २ हजार भन्दा वढि पर्दछ । अलैचीलाई कालो सुन भनिंदो रहेछ । किनबेचको तरिका पनि सुन जस्तै रहेछ । वैना गरेको दिनमा जुन भाउ छ त्यहीमा नैं किनवेच हुने चलन रहेछ । वैना गरे पछि मूल्य थपघटले कुनै फरक नपार्ने रहेछ ।
कार्तिक ९ गते विहान हटियामैं रहेको तातोपानी स्थानमा गयौं । त्यहाँ नुहायौं । त्यही नजिक माइक्रो हाइड्रो रहेछ । स्थानीय अगुवासाथीहरुसँग पालिकाको नवनिर्मित भवन तिर घुम्न गयौं । गाउँपालिकाका जनप्रतिनिधिहरुकालागि संसदीय क्षमता विकास सम्वन्धी ३ दिने तालिम सञ्चालन गर्ने कार्यक्रम थियो । हामी त्यसैको तयारीमा जुट्यौं । पहिलो दिन भएकोले संक्षिप्त औपचारिक कार्यक्रम गर्ने निधो गरिएको थियो । क्रमसः