काठमाडौं । उपनिर्वाचनले नयाँ र वैकल्पिक भनिएका दलको कन्तबिजोग देखाएको छ । कूल ४१ स्थानमा भएको उपनिर्वाचनमा वैकल्पिक भनिएको शक्तिको विजोग देखाएको हो । राजा फर्काउँछु भन्दै हिडेको दल राप्रपा उपचुनावमा उत्तानो परेको छ । सिके राउतको दलको पनि मधेशमा विजोगै देखियो । बरु गठबन्धन विना टिक्नै सक्दैन भनिएको माओवादीले एक्लै ११ वटा स्थानीय तहमा निर्वाचन जितेको छ ।
वैकल्पिक भनिएका रास्वापाका सभापति नै सहकारी ठगी प्रकरणमा जेल परेका छन् । मिसन ८४ भन्दै हिड्ने उक्त पार्टीले काठमाडौं १६ मा कागताली परेर जित्नु बाहेक अन्यन्त्र लज्जाजनक हार बेहोरेको देखिन्छ । अधिकांश ठाउँमा त रास्वापाले उमेद्धार नै भेटेन । अन्यन्त्र किन शहरी इलाका कीर्तिपुरमै रास्वपाले मैदानमा लड्ने उमेद्धार पाएन । ४१ स्थानमा भएको निर्वाचनमध्ये उस्ले मैदानमा २६ स्थानमा मात्र उमेद्धार पाएको हो । १५ स्थानमा चुनाव लड्ने मान्छे भएन । काठमाडौं महानगरपालिका– १६ रोजिना श्रेष्ठ २९०२ मत पाएकी छिन् । त्यहाँ ४० प्रतिशतमात्र मत खसेका कारण परिणाम अनपेक्षित रुपमा रास्वपाको पोल्टामा गएको हो ।
त्यसबाहेकका १५ स्थानमा चुनावबाट उसले २ हजार ७३ मत मात्र पाएको देखिन्छ । रास्वपाका २६ उम्मेदवारमध्ये १६ जनाले १०० भोट पनि कटाउन सकेनन् । जमानत समेत बचाउन सकेन । कीर्तिपुर नगरपालिकाको प्रमुखमा भने रास्वपाले उम्मेदवार नै पाएन । जस्तो ग्रामथानमा रास्वपाका उम्मेदवारः नविन कुमार विश्वासले ३७५ मतसहित पाँचौं स्थानमा रहेको देखिन्छ भने ताप्लेजुङ, सिरीजंगा गाउँपालिका वडा नं. ३ मा रास्वपाका उम्मेदवारः देवी प्रसाद पौडेल जम्मा ७ मतमात्र पाएका छन् । यस्तै तेह्रथुम, लालीगुँरास नगरपालिका वडा नं. ८ बाट रास्वपाका उम्मेदवार बनेका सन्जिव खड्काले ३८ मत पाएका छन् । सुनसरी, गढी गाउँपालिका वडा नं. ६ बाट सो पार्टीले मैदानमा उठाएको शशिकुमार साहुले ३३ मत पाएको देखिएको छ । एमालेले जितेको ओखलढुंगा, मोलुङ गाउँपालिका वडा नं. ५ बाट रास्वपाका उम्मेदवार विष्णु प्रसाद पोखरेललाई १५१ मत गएको छ ।
यस्तै उदयपुर, त्रियुगा नगरपालिका वडा नं. १२ मा माओवादी केन्द्रका नविन कुमार वान्तवाले ९२३ मत ल्याएर विजयी हुँदा रास्वपाका उम्मेदवारः ध्रुव प्रसाद पोखरेलले २०२ मत पाएर पाँचौं स्थानमा चित्त बुझाउनु परेको छ । धनुषा, धनुषाधाम नगरपालिका वडा नं. १ बाट माओवादी केन्द्रका शुनिल कापर केवटले ६८४ मत पाएर जीत हासिल गर्दा रास्वपाका उम्मेदवार राम नरेश दासले जम्मा १० मतमात्र पाएका भेटिएको छ ।
यस्तै आयोगको विवरण अनुसार, महोत्तरी, रामगोपालपुर नगरपालिका वडा नं. २ एमालेका सकिवुल खाँ ६३१ मत ल्याएर जित हासिल गर्दा रास्वपाका उम्मेदवार खुरसैद खाँले जम्मा जम्मी ४ मत ल्याएर छैटौं स्थानमा खुम्चिएका छन् भने नुवाकोट, ककनी गाउँपालिका वडा नं. २ बाट माओवादी केन्द्रका कृष्ण घिमिरेलाई १,०८५ मत जाँदा रास्वपाका उम्मेदवारः मंगल सिद्धि लामा तामाङ कूल ८३ मतमात्र पाएका छन् । आयोगको विवरण अनुसार, मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं. १२ मा कांग्रेसका अर्जुनप्रसाद तिवारी २,०६३ मत ल्याएर जित हासिल गर्दा रास्वपाका उम्मेदवारः आशा विर बलले ८३ मत, पाएर पाँचौं भएका छन् । गोरखा नगरपालिका वडा नं. ५ माओवादी केन्द्रका विष्णुबहादुर मगर विजयी भए ।
उनले ४८६ मत पाउँदा मंगलबहादुर थापाले ८२ मतमा चित्त बुझाएका छन् भने गुल्मी, मुसीकोट नगरपालिका वडा नं. १ बाट कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । उनले १,१८४ मत ल्याउँदा विकास थापालाई जम्मा ४३ मत गएको देखिएको छ । यस्तै कपिलवस्तु, शुद्धोधन गाउँपालिका वडा नं. १ बाट एमालेका मोहम्मद ताहिर मुसलमानले १,१५० मत सहित विजयी हुँदा रास्वपाका उम्मेदवारः अवधेश कुमार चौधरीले ९२ मत पाएर छैटौं स्थानमा पुगे ।
बर्दिया, ठाकुरबाबा नगरपालिका वडा नं. ४ बाट कांग्रेसका अमिन थारुले १,०४३ मत ल्याउँदा रास्वपाका उम्मेदवारः वासुदेव शर्माले जम्माजम्मी १७ मत ल्याएका छन् भने दैलेख, दुल्लु नगरपालिका वडा नं. १३ बाट ः एमालेका लालबहादुर शाहीले ५७४ मत ल्याउँदा रास्वपाका उम्मेदवारः रामबहादुर शाहीले पाएको मत छ,५३ । दैलेख, महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाहीले ३,१२७ जनाको मत पाउँदा रास्वपाका उम्मेदवारः प्रकाश कुमार बुढालाई ११२ मत पाएको देखिएको छ भने रोल्पा, रुन्टीगढी गाउँपालिका वडा नं. ४ एमालेका भुपमणी पुन मगरले ४३ मत पाउँदा रास्वपाका उम्मेदवारः हिम बहादुर पुनले जम्माजम्मी सात मतमा चित्त बुझाउनु परेको छ । यस कारण नयाँ शक्ति भनिए पनि आगामी निर्वाचनमा समेत माओवादी,काँग्रेस र एमाले यी पूरानै दलको भीडन्त हुने चित्र देखाएको छ उपनिर्वाचनले ।