कुडाकर्कटमा रमाएका प्रधानमन्त्री !

Uncategorized

काठमाडौं । ताली आउनुपर्छ, गाली होइन प्रधानमन्त्रीको सदिक्षा पुरा भए एमाले र केपी ओली नेतृत्वको सरकारका बिचमा सम्बन्ध राम्रो ठानिन्छ, त्यो पनि एकाघरका छोराछोरीकै जस्तो । प्रम केपीका लागि यो बेला पदकै रन्को छ । उनको पदको सुरक्षा उनले गर्ने कि शंकर पोखरेलले ? जसको योजनालाई सफल हुन प्रमले दिएनन् ।

तर प्रम ओलीलाई भ्रष्ट र असक्षम मन्त्री हटाउने हक छ, त्यो हकको उपभोग गर्न महासचिवले नदिएको कुरा अहिले पनि छर्लंग भएको छ । प्रम ओलीलाई सघाउने पार्टीका भन्दा पनि कांग्रेसका डा.शशांक कोइराला, सुजाता जोष्ट, डा.आरजु राणा एक छन् । प्रधानमन्त्रीका लागि जो भ्रष्ट र बद्नाम छन्, तिनै राम्रा बन्दैछन् । एमालेमा यो सत्य प्रवेश भएको छ । अबका दिनमा पार्टी बचाउने ठाउँ खोजिँदैछ । तर त्यहाँ पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जोडेर राजनीतिमा आउन दिने र नदिनेबिच युद्ध छ ।

संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको हितमा जति काम गरे त्यसको लेखाजोखा छैन । किनकि उनी विद्यालाई पार्टीमा सक्रिय बनाएर माफियाको जड ईश्वरलाई ठेगान लगाउन तयार छन् । तर पार्टी प्रचार विभागले त्यो बाटो छेक्छ । राजेन्द्र गौतम प्रचार विभागका प्रमुख हुन् । ईश्वरकै कोटामा उनी प्रचार विभागमा पुगेका हुन् । एमालेका बलराम अधिकारी भूमिसुधार र दामोदर भण्डारी आपूर्ति मन्त्री जति असक्षम छन् त्यो रुपमा कांग्रेसका उर्जा मन्त्रीको लुटले सरकार दुर्गन्धित भएको छ । मन्त्रीकै कारण आफ्नो स्वविवेक पुरा गर्न पनि नसक्ने हालतमा प्रधानमन्त्री पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *