सर्सरी हेर्दा नेपालको बिकास तिब्रगतिमा भइरहेको जस्तो देखिन्छ । जताततै बिकास निर्माणका कामहरु भई नै रहेका छन् । राष्ट्रको मुख्य सडक राजमार्गहरु भत्काएर ठुलो र चौडा बनाउने कामहरु निरन्तर भईरहेको हुँदा नेपाली जनतालाई नेपाल भित्रै आवत जावत गर्नको लागि पनि बाह्रै महिना कठिन हुने गरेको छ । स्कूल, कलेज र विश्वविद्यालयहरुको संख्य लगातार बढेको बढेकै छन र कृषी योग्य जमिनहरु मासेर आवास बनाउने कामहरु मुलुकै भरी धमाधम बढीरहेको नै छ ।
काठमान्डौ जस्तो नेपाललाई चिनाउने ऐतिहासिक सहरको पनि कायपलट भईसकेको छ । पुराना मौलिक भवन र वस्तीहरुलाई भत्काएर अग्ला कंक्रिटका टावरहरु बनाएर मास्ने काम जोडतोडले भई नै रहेका छन् । यस्तो बिकास भईरहेको नेपाल राष्ट्रलाई भने नेपाली युवापिढीले भटाभट त्यागेर बिदेशीने क्रम निरन्तर बढी नै रहेकोछ । राष्ट्रको बिकास सन्तुलित रुपमा नभएको हुँदा नेपाल भित्रै बसाई सर्ने काम पनि तिब्रगतिमा भईरहेको देखिन्छ । नेपाली जनता मेहनत गरी दुईचार पैसा कमाएर आफ्नो गुजारा चलाउन नेपाल भित्रै रोजगारीको खोजीमा यताउता भौतारी रहेकाछन ।
धेरै महनत र कठिन परिश्रम गर्दा पनि नेपाली जनता नेपालको कमाईले आफ्नो गुजारा चलाउन सकीरहेको छैन । त्यसैले आफ्नो परिवारको गुजाराको साथसाथ केही पैसा कमाएर आफ्नो परिवारको जीवनीलाई आर्थिकरुपले सुरक्षित तुल्याउनको लागि ठुलो संख्यामा युवापिढी नेपाल राष्ट्रलाई नै सुन्य पारी बिदेशीने क्रम लामोकाल देखि नेपालमा निरन्तर जारी छ । यसरी नेपाली युवापिढीको बिदेश पलायनले नेपाल राष्ट्र र नेपाली जनताको भविष्या माथि नै खातरा पैदा भईसकेको अवस्था नेपालमा कायम छ । जन्मदर घट्नाले नेपालमा च्याउसरी उम्रिएका स्कुल, कलेज र विश्वविद्यालयहरुमा पढ्ने विद्यार्थीहरु को संख्या नै कम पर्न थालीसकेको महसुस हुँदैछ ।
त्यो सबै शिक्षा दिने संस्थाहरुलाई गाभ्दै र मास्दै जानु पर्ने अवस्था नेपालमा श्रृजना भएको छ । गाउँघर त पहिले नै शुन्य नै थियो भने अब नेपालका सहरहरु पनि सुन्य हुने क्रम बढेर गएको देखिन्छ । नेपालमा चलेको भ्रष्टाचार र आर्थिक अपराधको बारेमा कती कुरा गर्ने किनकि त्यसले मानवीय नैतीकताका सबै सीमानाहरु र हदहरु नाघिसकेको अवस्था नेपालमा आईसकेको छ । नेपाली जनतालाई राजनीतिक स्वतन्त्र भएर मात्र पुग्दैन आर्थिक रुपले पनि स्वतंत्र बनाउनु पर्छ भन्ने कुरा अब प्रष्ट भएकाछन । आर्थिक स्वतंत्रता कै खोजीमा नेपाली जनता नेपाल भित्र र नेपाल बाहिर पनि भौतारी रहेकाछन । नेपाली जनताले चाहेको खान र लगाउन सक्ने आर्थिक हैसियत नेपालमा जति मेहनत र परिश्रम गरे पनि संभव छैन भन्ने कुरा प्रष्ट भईरहेको हुँदा नेपाली जनता खासगरी आर्थिक रुपले सक्रिय युवापिढीको बिदेश पलायन हुने क्रम बढेको हो ।
उहिले नेपाली जनताको लागि पेटभरी मासुभात खान र नयाँ लुगाफाटा फेर्नको लागि बर्ष भरी मेहनत परिश्रम गरी दशै नै कुर्नुपर्ने हुन्थ्यो । अहिले विश्व भू–मण्डलीकरणले गर्दा नेपाली जनताले पैसा भएमा वा मेहनत परिश्रम गरी पैसा कमाउन सकेको खण्डमा जतिबेला पनि पेटभरी मासुभात खान र नयाँ लुगा लगाउन सक्छन । अहिले संसारमा भएको भौतिक बिकासले गर्दा पैसा साथमा भएकाहरुको लागि जस्तो सुकै सुबिधा, लत्ताकपडा र जीवन उपयोगी सजसामानहरु सजिलै उपलव्ध छन । पैसा साथमा हुनेहरु त्यस्तो भौतिक सुःख र सुबिधाहरुको उपयोग गर्न स्वतंत्र छन भने नहुनेहरुको लागि थप मुस्किल बढाएको पनि छ । नेपाली जनता अब राजनीतिक रुपले मात्र होइन आर्थिक रुपले पनि स्वतंत्र बन्न चाहीरहेका छन । मानिसको लागि भौतिक समृद्धिको कुनै सीमा हुँदैन त्यसैले उ जसरी पनि अरु भन्दा बढी समृद्ध भएर देखाउने होडमा लाग्ने हुँदा आखिरमा महाभ्रष्ट र आर्थिक अपराधी बनेर निस्किन्छन् । नेपाली युवापिढीलाई यसरी आर्थिक स्वतंत्रता पाउनु छैन ।
नेपाली युवापिढी मेहनत परिश्रम गरी कमाएको पैसाले मात्र आफुलाई आर्थिक रुपमा स्वतंत्र भएको हेर्न चाहेकाछन । त्यसैले नेपालमा अवसर नपाएको खण्डमा बिदेशमा पुगेर भएपनि मेहनत र परिश्रम गरी कमाएको पैसाबाट नै आफुलाई आर्थिक स्वतंत्रता प्राप्त गर्न चाहान्छन । नेपालका राजनीतिक दलका नेताहरु जस्तो नेपाली युवापिढी भ्रष्टाचार गरी कमाएर आफ्नो र आफ्नो परिवारको पेट भर्ने पक्षमा छैनन् । नेपालको सन्दर्भमा राजनीतिक दलहरु भनेको भान्छे जस्तो हुन ।
यदि भान्छेले सबै आफु र आफ्नालाई मात्रै खान र खुवाउन थाल्यो भने परिवारका अन्य सदस्याहरु भान्छेको पक्षपातबाट पीडित बन्छन । नेपालको राजकिय सत्ता सम्हालेर बसेको राजनीतिक दल पक्षपाती हुनुहुँदैन । यदि त्यस्तो भयो भने त्यसबाट उत्पन्न दुष्परिणाम नेपाल राष्ट्र र नेपाली जनताले नै भोग्नु पर्ने हुन्छ । नेपालमा अहिले यस्तै नै भईरहेको छ किनकि सत्तामा बसेर राजनीतिक दलहरुले लिएको नीतिहरु कै कारण नेपाली जनता पीडित भएकाछन भने नेपाल राष्ट्रको अवस्था संकटमा परेकोछ । दलका शिर्ष नेताहरु महाभ्रष्ट छन र उहाँहरुले बिगतमा बनाएको नीतिहरु र त्यसको अभ्यासले नै नेपाल राष्ट्र अक्रान्त बनीसकेको छ । नेपाली जनता जति मेहनत र परिश्रम गर्दा पनि एक पेट खान र एक आङ लगाउनको लागि संघर्ष गर्दैछन भने मेहनत र परिश्रम नै नगरी राजनीतिक दलका नेताहरु र कार्यकर्ताहरुले अकुत कमाई गरिनै रहेका छन् ।
यसले गर्दा नेपाली जनताको राजनीतिक मात्र होईन आर्थिक स्वतंत्रतालाई पनि कुण्ठित तुल्याईदिएको छ । एकातिर दलहरुले राष्ट्रिय ऋणको आकार बढाएको बढाएकै छन भने अर्को तिर नेपाल राष्ट्र र नेपाली जनतालाई सहयोग गर्न आएका बिदेशीहरुले पनि सहर केन्द्रित बिकास निर्माणलाई नै जोड दिएकाछन । नेपालमा बिकासबाट पहिले उपेक्षित क्षेत्रहरु र नेपाली जनताहरु अहिले पनि उत्तिकै उपेक्षित छन । उक्त उपेक्षित नेपालको क्षेत्रहरु र उपेक्षित नेपाली जनता सम्म अहिलेका दलहरुले भन्ने र अभ्यास गर्ने गरेका विकासहरु पुग्न सकिरहेको छैन । त्यसैकारण नेपाली जनताले अहिले नेपालमा दलहरुले गरेको बिकासलाई असन्तुलित र अराजक मानिरहेका छन् । यस्तो विकासले नेपाल राष्ट्र र नेपाली जनतालाई कहिले पनि आर्थिक स्वतंत्रा दिन वा ल्याउन सक्दैन ।
केही थान व्यापारीहरु र व्यवसायीहरुलाई मात्रै धनी बनाएर नेपाल राष्ट्र र नेपाली जनता आर्थिक रुपले नै आत्मनिर्भर हुन वा बन्न सक्दैन । यस्तो असन्तुलित र अराजक बिकासले नेपाल राष्ट्र र नेपाली जनतालाई परनिर्भर बनाउदै लागेको हुँदा हामी कहिले पनि आत्मनिर्भर बन्न नसक्ने अवस्थामा पुगेका छौं ।
विदेशीहरु लगानी बोकेर नेपाल राष्ट्र र नेपाली जनतालाई आत्मनिर्भर बनाउनको लागि आएको होईन भन्ने कुरा डाडु पन्यू लिएर भात भान्सामा बसेका राजनीतिक दलका शीर्ष नेताहरुले चाँडै बुझी हाल्न जरुरी छ । बिदेशीहरु नेपालमा आफ्नो मुलुकमा उत्पादन गरिएको वस्तुहरु र सेवाहरुको लागि बजार व्यवस्थापन गरी फैलाउनको लागि आएका हुन । नेपालको असन्तुलित र अराजक बिकासको गतिलाई बिदेशीहरुले झनै हुडुलेर तिब्र बनाईदिने छन् । विदेशीको एकमात्र उद्देश्य भनेको नेपाल राष्ट्र र नेपाली जनतालाई परनिर्भर बनाएर राख्नु र आत्मनिर्भर बन्नबाट रोक्नु नै हो । नेपालले किनेको वस्तुहरु र सेवाहरले नै बिदेशीहरुको आफ्नो मुलुक चलेको हुन्छ ।
नेपाल राष्ट्रलाई नचाहिने परियोजनाहरु जस्तो राष्ट्रिय परिचयपत्र, इम्बोस्ड नंवर प्लेट, टेरामक्स आदि इत्यादि बिदेशीले नेपाल राष्ट्र र नेपाली जनतालाई परनिर्भर बनाउन कै लागि ल्याएका परियोजनाहरु हुन । उक्त परियोजनाहरुको लागि जरुरी चिप्सहरु र कम्युटर हार्डवयर अनि सफ्टवयरहरुको आपूर्तिबाट बिदेशी बजारको बिस्तार नेपालमा बढ्ने छ । त्यति मात्र फाईदा कहाँ हो र त्यसको मर्मत सम्हार देखि लिएर सञ्चालन सम्मको फाईदा बिदेशी आपूर्ति कर्तालाई नै मिल्ने छन् ।
दलका शीर्ष नेताहरुले बिदेशीको यहि षडयंत्रलाई नबुझ्दा नेपाल राष्ट्र र नेपाली जनताको परनिर्भरता बढेको बढेकै छ भने हाम्रो आत्मानिर्भरता तिरको यात्रा झनझन कठिन बन्दै गएकोछ । एक दिन बन सङ्लीले घर साङ्लीलाई धपाए झै नेपाली जनता आफ्नै जन्मभूमि अनि मातृभूमि नेपालबाट खेदिने दिन अब टाढा छैन । बिगतमा उपनिवेशवादी सिद्धान्त अपनाएर अनुभव बटुलिसकेका नवउपनिवेशवादी अमेरिका लगायत पश्चिमी मुलुकहरुले अहिलेको यो नयाँ नौलो तरिका अपनाएर संसारलाई एकपल्ट फेरि आफ्नो नदेखिने गरी उपनीवेश बनाउने प्रयास गर्दैछन ।
त्यसको पछि लागेमा वा परेमा हामी नेपाली जनता लगायत संसारका अन्य जनताहरु पनि मौरीहरु महमा लटपटिएर मरेको झै नवउपनिवेशवाट सिकार बन्ने छौ । त्यसकारण विदेशीले ऋण दियो भन्दैमा जति पनि लिने, नेपाललाई काम नलाग्ने फाल्तु परियोजानहरु स्वीकार गर्ने र भ्रष्टाचार गरी बिदेशी ऋणको दुरुपयोग गर्दै लाने र जाने हो भने एकदिन नेपाल राष्ट्र र नेपाली जनतालाई योजना भिजन केही नभएका दलका शीर्ष नेताहरुले न घर न घाटको तुल्याउने छन र नेपाली जनताको हालत धोबीको कुकुरको जस्तै न घर न घाटको हुनेछ ।