संघीय मन्त्रालयमा रिजाल र भट्टराईको हालीमुहाली, मन्त्री रमिते

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेको तर्फबाट राम कुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेको पाँच महिना पुरा भइसकेको छ । मन्त्री गुप्ताले मन्त्रालय सम्हालेको पाँच महिना नाघिसक्दा पनि संघीय मन्त्रालय चलायमान हुन सकेको छैन । मन्त्री गुप्ता र सचिव भरतमणि सुवेदीको टसलले संघीय मन्त्रालय नै बद्नाम हुन पुगेको छ ।

मन्त्रीकै कारण सचिव सुवेदी राष्ट्रिय योजना आयोगतिर सरुवा हुन लागिपरेका छन् । संघीय सचिवमा कोशी प्रदेश मुख्य मन्त्री कार्यालयमा रहेका केदारनाथ शर्मालाई ल्याउने तयारी गरिएको छ । विगत पाँच महिना अघिदेखि संघीयमन्त्री राम कुमार गुप्ता र सचिव भरतमणि सुवेदीको टसलले गर्दा अधिकांश स्थानीय तहदेखि प्रदेश र संघमा कर्मचारी सरुवा बढुवामा मनपरी हुँदै आएको छ । मोलमोलाई नमिल्दा सरुवा बढुावमा गडबढी हुँदै आएको छ । गुप्तालाई एमाले नेता रघुवीर महासेठले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लभिङ गरेका थिए । उनै नेता रघुवीर महासेठले संघीय मामिला मन्त्री बनाउन लभिङ गरेपछि एमाले अध्यक्ष केपी ओलीले गुप्तालाई मन्त्री बनाएका थिए । गुप्ता मन्त्री बनेपछि सचिव र मन्त्रीको मनमुटाव सुरु भएको थियो ।

सचिव सुवेदीलाई एमाले नेता शंकर पोखरेलको शोर्सफोर्समा अन्यत्रबाट संघीय मामिलामा ल्याइएको थियो । मन्त्री र सचिव एमालेकै हुँदा पनि संघीय मन्त्रालय चलायमान हुन सकेको छैन । मन्त्री र सचिवको लापरवाहिले गर्दा ३५ जना उपसचिवहरु बरन्डामा थन्किएर बसेका छन् । कतिपय उपसचिवहरु अन्यत्र सरुवा भएर जान लाग्दा पनि सचिव र मन्त्रीको राय नमिल्दा संघीय मन्त्रालयमा बस्न बाध्य भएका छन् । त्यसैगरी एमाले निकट कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाको सहयोगी बनेर संघीय मन्त्रालयमा राज गरिरहेका सहसचिव बलराम रिजाल र उपसचिव कमल भट्टराईको दादागिरी चल्ने गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बलराम रिजाल र उपसचिव कमल भट्टराईको हालीमुहालीले मन्त्रालय बद्नाम हुँदै गएको छ । रिजाल र भट्टराई बेलुका ८ बजेसम्म मन्त्रालयमा बसेर आफ्ना आसेपासेलाई मालदार ठाउँमा सरुवा गरेर पैसा असुल्दै आएका छन् । घुस दिन नसक्ने कर्मचारीहरुलाई सँधै बरन्डामा थन्काउने काम गरेका छन् । भट्टराई र रिजालले ४ जना सहसचिवलाई अतिरित्तमा राखेका छन् भने ३२ जना उपसचिव त्यत्तिकै संघीय मन्त्रालयमा थन्काइएर राखिएको छ ।

८० जना शाखा अधिकृतहरुलाई अन्त्रय सरुवा गर्नुपर्ने ठाउँमा पैसाको लेनदेन नमिल्दा शाखा ती अधिकृतहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बस्न बाध्य भएका छन् । डोरीडारबाट आएका ३ जना कर्मचारीहरु अन्यत्र सरुवा हुनको लागि ३ महिना भन्दा बढी लागि पर्दा पनि उनीहरु सरुवा हुन सकेका छैनन् ।

संघीय मन्त्रालयमा मन्त्री र सचिवको राय नमिल्दा मन्त्रालय भद्रगोल बन्दै गएको छ । अर्काेतिर सहसचिव रिजाल र कमल भट्टराईको राज चलिरहेको छ । त्यसले गर्दा संघीय मन्त्रालय चलायमान हुन सकेको छैन । यीनै कर्मचारीहरु बर्षाेदेखि संघीय मन्त्रालयमा डेरा जमाएर बसिरहेका छन् । नबसुन् पनि किन ? कर्मचारी संगठन नेताको आर्शिवाद पाएपछि संघीय मन्त्रालयमा यी दुई कर्मचारीको रजाइ चलिरहेको छ । कर्मचारीकै कारण मन्त्री गुप्ता दिनप्रतिदिन फेलर बन्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *