एमसीसी सम्झौता संसदमा छलफल नै नगरी पास गरिएकोप्रति सम्मानित नेता खनालको आश्चर्यजनक टिप्पणी

राजनीति समाचार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता संसदमा छलफल नै नगरी पास गरिएको घटना आश्चर्यजनक भएको बताएका छन् ।

नेता खनालले आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेकोले लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन भएको बताएका हुन् । साथै उनले एमसीसी सम्झौता नेपालको संसदबाट असामान्य ढंगबाट अनुमोदन भएकोले यस सम्झौताले चीन र भारतसँग नेपालको भू–राजनीतिक सन्तुलन माथि गम्भीर असर पुर्याएको टिप्पणी गरेका छन् ।

नेपाल सरकार र एमसीसी बीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने माध्यम भएको उनको आशंका रहेको छ । नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य नहुने भन्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसीबारे पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *