ठुला राष्ट्रिय गौरबका आयोजना भ्रष्टाचारको दलदलमा

राजनीति समाचार

भौतिक पूर्वाधारको विकासले पनि मुलुकको समृद्धिको आधार तय गरेको हुन्छ । कठिन आर्थिक अवस्थाबाट मुलुक गुज्रिरहेको अवस्थामा पनि भ्रष्ट मानसिकता बोकेका मन्त्री, कर्मचारी र बिचौलिया वर्गकै कारण देशमा भौतिक विकासको अवस्था उराँठलाग्दो छ ।

विकासे आयोजनाहरु निर्माणाधीन छन्, राज्यको बजेट खन्याइएको छ । तर कुनै पनि ठूला आयोजनाहरु सम्पन्न भएर जनताले उपभोग गर्ने अवस्थामा छैनन् । वर्षौंदेखि आयोजना निर्माण भइरहेका छन्, निर्माण अवधि थपिँदै जाँदा राज्यको ढुकुटी ठूलो मात्रामा खर्च भइरहेको छ । तर समयमा सम्पन्न हुने नामोनिसान छैन । नत नेतृत्व बोल्छ, नत कर्मचारी वृत्त नै बोल्छ । नेतृत्वदेखि कर्मचारीसम्म बिचौलिया हावी छन् । देश र जनताको लागिभन्दा पनि आफ्नो लागि नियमित आम्दानीको स्रोत यस्तै विकास आयोजनाहरुलाई बनाउने गरिएको छ ।

वास्तवमा देशको चिन्ता कसैलाई छैन । राजनीतिक दाउपेच, भ्रष्टाचार, नियुक्ति, पदस्थापन, गठबन्धनजस्ता राजनीतिक विषयमा हरेक दल र नेताले चासो दिन्छन् । आफ्नो स्वार्थ अनुरुप काम गर्छन् । तर जनता र देशको विकासको आधार मानिने भौतिक पूर्वाधार, राष्ट्रिय गौरवका आयोजना समयमा नसकिने अवस्था हुँदा पनि कसैलाई वास्ता छैन ।

सरकारले राष्ट्रिय गौरवको आयोजना, भौतिक पूर्वाधार, जलविद्युत आयोजनादेखि सिंचाई आयोजनालाई कागजी प्राथमिकतामा मात्रै राख्ने गरेको छ । यस्ता आयोजनामा करोडौं भ्रष्टाचार भइरहँदा पनि नियामक निकाय मौन बस्ने गरेका छन् । उल्टै यस्ता नियामक निकायका पदाधिकारी चारो लिएर तैचुपमैचुपको अवस्थामा देखिन्छन् ।

विगतका सरकारहरुले पनि राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेको जस्तै गरेतापनि बजेट अभाव, कर्मचारीको सरुवाबढुवा, जनशक्तिको अभावदेखि भौतिक सामाग्रीको अभाव देखाएर योजनाहरुको काम लम्ब्याउने र अलपत्र पार्ने काम हुँदै आएको थियो । यसले गर्दा आयोजनाको खर्च बढ्ने, आयोजनासँग जोडिएर कर्मचारी, जनप्रतिनिधि, नेताहरु भ्रष्टाचारमा मोटाउने गरेका छन् ।

अर्काेतिर नेतृत्वहरुको कार्यसम्पादन शून्य जस्तै बनाएको छ । वास्तवमा राज्यसत्ता विचौलियाको हातमा पुगेको छ । नेपालको नेतृत्व लथालिंग छ र भ्रष्टाचारीहरुको हालीमुहाली छ । तर जनता निरीह छन् । नत जनताले असल नेतृत्व चुन्न सक्छन्, नत यी दलीय गठबन्धनमा आलोपालो सत्ताको स्वाद चाख्नेहरुलाई भगाउन सक्छन् ।

स्वार्थ र भ्रष्टाचारमा रमाएर राष्ट्रिय गौरवका आयोजनाहरु समयमा सक्ने गर्दैनन् र हरेक वर्ष यस्ता आयोजनामा बजेट छुट्याएर लुटिखाने भाँडो बनाएका छन् । अब सबैको घैंटोमा घाम लाग्ने बेला आइसकेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *