गौरीशंकर तिर डुल्दा

राजनीति लेख

नेपालको समय निर्धारक हिमाल गौरीशंकर हो । त्यही नामबाट गौरीशंकर गाउँपालिका रहेको छ । जुन दोलखाका ९ वटा स्थानीय तह मध्ये एक हो । यहि पालिकामा छ विश्वको उच्च स्थानमा रहेको च्छोरोल्पा हिमताल । अनी नेपालको पहिचान पाएको माथिल्लो तामाकोशी जलविधुत् आयोजना पनि यहि पर्दछ । जुन नेपालीको लगानी तयार भएको नेपालकैं सवैभन्दा ठुलो जलविधुत् आयोजना हो । ४५६ मेगावाट क्षमताको यो योजनालाई नेपालकैं गौरबको आयोजना पनि भन्ने गरिन्छ । यस पालिकाका ९ वटा वडाहरु मध्ये ४ वटा वाहेक सवै गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्दछ । संरक्षण क्षेत्र भित्र नपर्ने २२ वटा सामुदायिक वनहरुसँग अन्तरक्रिया गर्ने अवसर यस पटक मिल्यो ।

यात्राको मेसो
ग्रामिण क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समूहहरुसँग संस्थागत छलफल गर्दा ताजगी आउने गर्दछ । सामुदायिक वन अभियानको यथार्थता पनि वुझ्न सकिन्छ । फेकोफन दोलखा र साउथएसिया इन्सिच्युट अफ एडभान्स स्टडिजको सहकार्यमा गौरीशंकर गाउँपालिका जाने मेसो मिल्यो । तालिका अलि पहिलाकै भए पनि विविध कारणले चाँजोपाँजो मिलेको थिएन । पौष २ देखि ५ सम्मको यात्रा गर्ने निधो भयो । जती दिनको यात्रा हुन्थ्यो, फरक फरक ठाउँमा वस्ने योजना वनेको थियो । त्यसैले मेरो जीवनमा यो पृथक यात्रा नैं थियो । म प्राय जसो कुनै पनि कार्यक्रममा जाँदा एउटै स्थानमा केहि रात वस्नु पर्नै नैं हुन्थ्यो तर यस पटक फरक थियो ।

त्यसैले म रोमाञ्चक भएको थिएँ ।
काठमाडौंबाट मंसीर ३० गते साउथएसिया इन्सिच्युट अफ एडभान्स स्टडिजको टिमसँगै चरिकोटसम्म पुगियो । त्यस संस्थाका अधिकांश टिम रामेछाप तिर लागेकोले सजन रेग्मी र म मात्रै चरिकोट झरेका थियौं । हाम्रो बुबाको निधन पछि विगत एक महिना देखि मैले घर भन्दा वाहिर एक चिया पनि खाएको थिइन । आजै चरिकोट सातदोवाटोमा रहेको कालिञ्चोक भोजनालयमा साउथएसिया इन्सिच्युट अफ एडभान्स स्टडिजका टिमसँग एक विन कफि सिंगल सर्ट पिएँ र मेरो अर्को अध्याय सुरु गरें । भोली देखि म आफ्नो पारिवारीक घर वाहिरको बास तथा खानपिन हुँदै थियो । यो कालो कफि त्यसैको पूर्व तयारीको रुपमा लिएँ ।

पौष १ गते विहान ११ बजे तिर फेकोफन दोलखाका वर्तमान अध्यक्ष जगन्नाथ बस्नेत, पूर्व अध्यक्ष हरिहर न्यौपाने, साउथएसिया इन्सिच्युट अफ एडभान्स स्टडिजका अनुसन्धानकर्ता सजन रेग्मी र म सिंगटी जाने गाडी चढ्यौं । २ घण्टाको बस यात्रा पछि कालिञ्चोक गाउँपालिकाको वन्चरे भन्ने स्थानमा पुग्यौं । उत्रियौं । स्थानीय होटलमा सामान्य खाजा खाएर पैदलै तामाकोशी नदी त¥यौं । तामाकोशी नदीमा बनेको पक्की पुल तरेर गौरीशंकर गाउँपालिका वडा नं. २ मा रहेको पिखुतीमा पुग्यौं ।

त्यहाँ एक वोलेर आउने कुरा भएकोले त्यही चिया पिउँदै पर्खियौं । नभन्दै अगाडी पछाडी पूरै भरी पारेर एक बोलेर आयो । भित्र वाहिर कोचकाच हुँदै चढ्यौं । करिव २ घण्टाको बोलेरो यात्राबाट गौरीशंकर गाउँपालिका वडा नं. ३ झ्यांकुको सर्सेपु भन्ने स्थानमा पुग्यौं । सानो सानो वजार क्षेत्र जस्तै रहेछ । १ हजार ८ सय पचास मिटर उचाइ रहेको यो स्थानबाट दोलखाको सदरमुकाम चरिकोट नजिकै देखिंदो रहेछ । पुल हाल्न पाए कस्तो गजब हुन्थ्यो होला भन्दै चिसो सिरेटोको सामाना ग¥यौं । हाम्रो टोलीमा गौरीशकर स्थानीय फेकोफनको अध्यक्ष इन्द्र आचार्य पनि थपिनु भएको थियो ।

पौष २ गते विहान ७ बजे तिर करिव १ घण्टाको पैदल यात्रामा सोही वडाको डाँडागाउँ भन्ने स्थानमा पुग्यौं । भोतेखोला कमलामाई सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा अगुवासँग अन्तरक्रियात्मक छलफल कार्यक्रम यहि तय भएको थियो ।
दोलखाको ठुलो सामुदायिक वन

सायद दोलखाको ठुलो वन क्षेत्र मध्ये नैं पर्दछ होला यो सामुदायिक वन । ७ सय ४२ हेक्टर रहेछ । त्यस मध्येमा ५ सय ५६ उत्पादनशिल वन क्षेत्र रहेको वन कार्यालयबाट स्वीकृत वन कार्ययोजनमा देखिन्थ्यो । करिव ८ लाखको खर्चमा आफ्नै भवन वनाइएको रहेछ । सोही सामुदायिक वनको भवन वाहिर घाम ताप्दै सामुदायिक वन सम्वन्धी अन्तरक्रिया ग¥यौं । सामुदायिक वनहरुले गर्नेै पर्ने विषयमा छलफल भयो ।

गौरीशंकर गाउँपालिका वडा नं. ३ मा रहेको यस सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र, उपभोक्ता, विधान र वन कार्ययोजनाको अहिलेको अवस्था लेखाजोखा गर्दै अबको गन्तव्यका वारेमा चर्चा भयो । अहिलेको अवस्था र चाहेको अवस्था पहिचानकालागि सामाजिक तथा स्रोत नक्सा वनाइएको थियो । सामुहिक छलफल र चिन्तन गरिएको थियो । केही नयाँ विचार आए । ती विचारहरुलाई साझा वनाउने कोसिस भयो । अहिलेको भन्दा थप क्रियाशिलता र प्राप्तीकालागि केही प्रतिवद्धता समेत आएका छन् ।

भातेखोला कमलामाईको गन्तव्य
सामुदायिक वनको मूल मर्म भनेको वन संरक्षण गर्ने, सदुपयोग गर्ने र विपन्नलाई प्राथमिकता दिँदै आम उपभोक्ताको सशक्तिकरण गर्नु हो । यस अर्थमा यो सामुदायिक वनले वन संरक्षणमा उत्कृष्टताको उपलव्धी हासिल गरेको छ तर सदुपयोग र उपभोक्ताको समृद्धि तर्फ चित्त वुझ्दो काम हुन नसकेको अगुवाहरुले निष्कर्श निकाले । स्रोतको सदुपयोग र समृद्धि अबको गन्तव्य निर्धारण गरी सो कोलागि केही कृयाकलापहरु तर्जुमा गरे ।

वनको दिगो व्यवस्थापन, स्रोत उपयोग, उद्यम विकास, रोजगारीसँग सम्वन्धीत केही कार्यहरुको सूची तयार भएको छ । काठ संकलन गर्ने, कुहिएका काठहरु समेत प्रयोग गरी फर्निचर उद्योग सञ्चालन गर्ने, अर्गेली व्यवस्थापन र उद्यम विकास, अर्गेली र धसिंगरे संकलकलाई प्रशिक्षण दिने, खाली जमिनमा धसिंगरे वृक्षारोपण गर्ने, च्याउ संकलनलाई व्यवस्थीत गर्ने, झाडी सफा गर्ने, भीरमह संकलनलाई संस्थागत गर्ने जस्ता क्रियाकलापहरु निर्धारण भएका छन् ।

सुशासन तथा संस्थागत विकास तर्फ पनि केही क्रियाकलापहरु निर्धारण भएका छन् । समावेशी समितिको वैठक नियमित, बार्षिक रुपमा आमभेलामा गर्ने त्यसमा उपभोक्ताको प्रभावकारी उपस्थीति रहने, महिलाहरुको भूमिका प्रति सशक्तिकरण कार्यहरु गर्ने, विधान र वन कार्यायोजना समितिका सदस्य तथा पदाधिकारीहरुले पालैपालो पढ्ने अध्ययन गर्ने, विधान कार्ययोजनाको मूख्य वुँदा वनाउने र फ्लेक्समा छपाइ गरी टोलटोलमा छलफल गराउने यसकालागि समितिले सहजिकरण गर्ने, वार्षिक प्रगती प्रतिवेदन पालिका, वन कार्यालय र फेकोफनमा पेश गर्ने, लेखापरिक्षण नियमित गर्ने, प्यान लिने जस्ता क्रियाकलापहरु निर्धारण गरी जिम्मेवारी समेत वाँडफाँड गरिएको छ ।

सामुदायिक विकासकालागि पनि यस भातखोला कमलामाई सामुदायिक वन उपभोक्ता समूहले केही क्रियाकलापहरु तर्जुमा भएका छन् । यस समूह क्षेत्र भित्र रहेको स्रोतहरुको अधिकतम् सदुपयोगकालागि स्थानीय सरकार समेतसँग समन्वय गर्ने, समूहको साधारण सभामा स्थानीय तहका जनप्रतिनिधिहरुलाई आमन्त्रण गर्ने, समूहले पालिका तहको योजना तर्जुमाको प्रकृयामा सकृय भूमिका खेल्ने र सामुदायिक वनको भवनलाई पूर्णता दिने योजना तर्जुमा भएका छन् । यी क्रियाकलापहरु सञ्चालन गर्ने सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी लिएका छन् । हामी वाहिरबाट गएको टिमले यो स्रोत तपाईहरुको हो, यसलाई कसरी प्रयोग गर्नु हुन्छ तपाईकै हातमा छ । समस्या पनि छन् सफलता पनि त्यतीकै छन् । सवाल सम्वोधन गर्ने र स्रोतको समुचित परिचालनबाट समृद्धि ल्याउने तपाइहरु वाहेक अरु कसैले गर्न सक्दैनन् भन्दै उत्प्रेरित गरिरह्यौं । क्रमसः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *