कोशी सरकारले एक खर्ब पु-याउने योजना

राजनीति समाचार

काठमाडौं । राष्ट्रमा व्यापार व्यवसाय गरेर कर छल्नेहरू मन्त्री र सांसद बनाएर भ्रष्ट भएका नेपाली कांग्रेस र नेकपा एमाले कोशी प्रदेशमा लगानी सम्मेलनको नाटक मञ्चन गर्दैछन् । कृषि परियोजना, फोहोर व्यवस्थापन, ऊर्जा, होटल व्यवसाय उद्योग जस्ता क्षेत्रमा लगानी भित्र्याउने नाममा लगानी सम्मेलन गर्ने हल्ला गरेका कोशी प्रदेश सरकारले माघमा एक खर्ब स्रोत जुटाउने भन्दैछ । संघीय सरकार जस्तै राज्यस्रोत खरानी बनाउँदैछ । सरकारको योजना एक खर्ब जुटाउनेछ ।

राजस्व उठाउन नपर्ने, भन्सार र आन्तरिक राजस्वमा सिन्डिकेटका कर्मचारी खटाउने, अवैध सामान आउजाउ गराएर सीमा क्षेत्रमा तस्करी चलाउन सफल कांग्रेस र एमाले सरकार कालोबजारीको रक्षक हो । ३९ अर्बको खर्चमा निर्माण भएको पोखरा विमानस्थलमा नियमित उडान भएको छैन । सरकारलाई त्यो विमानस्थलको चासो छैन ।

सरकारले चिनिया महत्वाकांक्षी योजना स्वीकार्दा भारत रिसाएको हल्ला गरिँदैछ । तर लगानी सम्मेलनमा अपेक्षा गरिएको छ । संघीय सरकारले यस्ता सम्मेलन ग-यो तर दाताहरूले दिएका विश्वासको रेखदेख र सम्बोधन गरेन । सरकार संघीयताको पक्षमा छैन । अधिकारका लागि नेकपाकै सरकारको समयमा प्रधानमन्त्रीसँग आउजाउ गरेका प्रदेश मुख्यमन्त्रीहरूलाई केपी ओलीले मन पराएनन् ।

अहिले तिनै ओली प्रधानमन्त्री छन् । अर्थतन्त्र चलायमान भएको छैन । राजस्व उठाउन नपर्ने, विद्युत प्रयोग गरेर महसुल नतिर्ने उद्योगी व्यवसायीलाई लिएर कस्तो लगानी सम्मेलन हुने हो ? केन्द्रीय सरकारको व्यवहारसँग मिल्ने प्रदेश सरकारहरू पनि जनताप्रति इमान्दार छैनन् । कोशी प्रदेश सरकारको एक खर्ब बराबरको अपेक्षा सम्झिने पानी छम्किने होला भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *