काठमाडौं । चर्चित गायक नविन कुमार पौडेलको ‘१८ कट्यौ कि कटेनौ’को भाग २ ‘मायामा ठ्याक्क ठुक्क चलिरहन्छ’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । १८ कट्यौ कि कटेनौ गीतले चर्चाको शिखर चुमेपछि गायक पौडेलले त्यसैको भाग २ ‘मायामा ठ्याक्क ठुक्क चलिरहन्छ’ को म्युजिक भिडियो बजारमा ल्याएका छन् ।
उक्त गीतको म्युजिक भिडियोमा मिठो स्वरका धनी चर्चित गायक गायिका नविन कुमार पौडेल र बेनिशा पौडेलले स्वर दिएका छन् । गीतमा शब्द संगित र –याप जगत तिरुवाको रहेको छ भने स्टुडियो बिगपरिवेश मिक्सिङ मास्टर जीवन बड्डु रहेका छन् । म्युजिक भिडियोेको निर्देशन नेपालका चर्चित निर्दशक गम्भिर विष्टले गरेका छन् ।
त्यसैगरी अभिनयमा मोडल सुरक्षा कितानी, उमेश बराल, नेहा गौतम, विश्व बराल, सुमन ज्योति न्यौपाने र सुरेन्द्र बस्याललगायत कलाकार रहेका छन् । भर्खरै सार्वजनिक भएको ‘मायामा ठ्याक्क ठुक्क चलिरहन्छ’ डान्सिङ शैलीमा रहेको गीत हो । सो गीतको म्युजिक भिडियो अन्त्यन्तै राम्रो भएको पौडेललगायत सम्पूर्ण टिमको दाबी रहेको छ ।
गायक पौडेलले यस अगाडी पनि थुप्रै चर्चित गीतमा स्वर दिइसकेका छन् । गायनसँगै स्टेज प्रोगाममा पनि पौडेल चर्चित छन् । उनले नेपालका विभिन्न स्थानसँगै विदेशमा समेत स्टेज प्रोगाम गर्न भ्याइसकेका छन् । हालसालै पनि विभिन्न जिल्लाबाट पौडेललाई गायन र स्टेज प्रोग्रामको लागि आमन्त्रण गरिएको बताइन्छ ।