नेपाल निजामती कर्मचारी संगठनको भावी नेतृत्व कसले गर्ला ?

राजनीति समाचार

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ३० गतेदेखि फागुन १ गतेसम्म १२ औं अधिवेशन गर्दै छ । सो अधिवेशनको लागि अध्यक्ष हालका उपाध्यक्षहरु भवानी दाहाल न्यौपाने, प्रभाष प्रसाद शाह र रेवन्त गौतमको दौडधूप सुरु भएको छ । यी तिनै जना हाल उपाध्यक्षमा कार्यरत छन् । उनीहरुबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । त्यसैगरी महासचिवमा अहिलेसम्म रामचन्द्र अधिकारी (आरसी)ले दावी गरेका छन् । आरसी हाल उपमहासचिव छन् ।

आरसीले महासचिवको दावी गर्नु जाहेज भएको बताइन्छ । आरसी विगत लामो समयदेखि संगठनमा बसेर कर्मचारीहरुको हकहितमा आवाज बुलन्द गर्दै आएका व्यक्ति हुन् । उनी कर्मचारी संगठनमा बस्दा संगठनको काम चुस्तदुरुस्त ढंगले चलायमान बनाउँदै आएका छन् । त्योसँगै कतिपय अशक्त र निमुखा कर्मचारीहरुको वृत्तिविकास र भरणपोषणको लागि पनि आवाज उठाउँदै आएको बताइन्छ । त्यसै कारण पनि आरसीलाई महासचिव बनाउनुपर्ने कर्मचारीहरुको जोडबल छ ।

यसले गर्दा आरसी सर्वम्मत महासचिव हुने सम्भावना पनि त्यत्तिकै छ । अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारीहरुको लागि अहिलेसम्म कुनैको नाम चर्चामा आएको छैन । हालका अध्यक्ष लेखनाथ कोइराला संगठनलाई सर्वसम्मत चयन गर्ने पक्षमा देखिएका छन् । तर, यो सम्भव हुन्छ कि हुँदैन एकिन छैन । उता, एमालेले जसको नेतृत्वमा भए पनि सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्ने भनिरहेको छ । एमालेले कर्मचारी संगठनभित्र मात्रै नभएर विभिन्न भ्रातृ तथा जनवर्गी संगठनहरु सर्वसम्मत रुपमा चयन गर्ने भनिरहेको छ । एमाले निकट कर्मचारी संगठनको अधिवेशन यही माग ३० गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *