काठमाडौं । पार्टीका संरचना सुदृढ बनाउन नेतृत्व लाग्ने हो । तर पदको लोभले समय तन्काउने हो भने त्यसको कतै अर्थ रहला कतै रहँदैन । भन्नका लागि समयको चाप र स्थिति भनिन्छ, तर सत्ता र शक्तिको कथन र करणीले दलीय बनोटको महत्व दर्शाउँछ ।
अहिले कांग्रेसभित्र १५औं महाधिवेशन समयमा गर्नैपर्छ भन्ने र मिसन २०८४ पछि भन्नेका बीचमा द्वन्द्व छ ।
त्यो द्वन्द्व संस्थापन पक्षले एकै परिवारका बीच पैदा गरेको छ । बिपी पुत्र शशांक २०८५ मा महाधिवेशन गर्नुपर्छ भन्छन्, उनको ध्यान अरु छैन । बिपीका नाममा एकपटक सभापति हुन्छु भन्ने होला, तर उनलाई त्यो पद चलाउन सकिन्छ भन्ने छैन । किनकि विगतमा शेरबहादुर देउवा सभापति हुँदा देउवाले नै आफ्नै टिमका महामन्त्रीका उम्मेदवार अर्जुन नरसिंह केसीलाई धोति न टोपी बनाएर पुरानै घर फर्केका थिए ।
कांग्रेसमा यस्ता कुरा हेरिँदैन । डा शेखर र गगन थापासँगै सभापतिका दाबेदार बन्दैछन् । यहाँ देउवा टिमको कुरा छायामा छ । त्यो टिमले उपसभापति पूर्णबहादुर खड्का गुमायो । बालकृष्ण खाड त आरजुकै खजाना भए । पिताको नाम जोडेर भजनी गरेका बिमलेन्द्र निधि, प्रकाशमान सिंहको मात्र होइन, डा शशांक कोइरालाको कुरा पत्याउने ठाउँ छैन । बिमलेन्द्र भ्रष्ट, प्रकाशमान सर्वश्रेष्ठ बन्न सक्ने ठाउँ छैन । तर डा. शेखरले जसरी पिताको आडमा तानिएकाहरु कांग्रेसमा छानिने अवस्था छैन ।
उनीहरुलाई कार्यकर्ताको आवश्यकता छैन । पार्टीभित्र मिति तय नहुँदै संस्थापनले बिपी पुत्र मार्फत फालेको कार्डले २०८४ मंसिरमा महाधिवेशन नहुने हो भने डा.शेखर पक्ष के गर्छ जबकि यो समूहबाट महामन्त्री गगन उछिटिएका छन् । बालकृष्ण खाँड, डा प्रकाश शरण महत र एनपी साउद भित्रिएका छन् ।