मतपेटिका पेरिसडाँडा सार्न खोजिएपछि अखिल क्रान्तिकारीमा फेरि विवाद

राजनीति समाचार

काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं सम्मेलनको विवाद सेलाउन नपाउँदै अर्को विवाद सुरु भएको छ ।

मधेशको मतगणनाको विवाद सामान्य भएपनि मसीको विवाद कायम रहेकाले निर्धारित समयमा मतगणना सुरु हुन नसकेको,तर निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिसडाँडामा सार्न खोजेपछि फेरि विवाद उत्पन्न भएको विद्यार्थी नेताहरूले जानकारी गराएका हुन्।

विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरूमा विवादका कारण मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो । तर, कालो मसीले पनि मतदान भएको जानकारी निर्वाचन समितिका प्रतिनिधिहरूले गराएका थिए ।

नयाँ नेतृत्वका लागि शनिबार विश्वविद्यालय र विशेषको मतदान केन्द्र प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा रहेको थियो । यसअघि मतपत्रमा प्रयोग भएको आधिकारी रङलाई मात्र मान्यता दिने कि अन्य रङलाई पनि माध्यता दिने लगायत आचार संहितामा विवाद हुँदा मतगणना स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *