विपक्षी दलका नेतालाई भ्रमको जालोमा नपर्न प्रधानमन्त्री ओलीको आग्रह

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेताहरुलाई लक्षित गर्दै भ्रमको जालोमा नपर्न आग्रह गरेका छन् ।

ओलीले सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा आयोजित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रतिपक्षी दलहरूले दाबी गरेको जस्तो सरकार नढल्ने स्पष्ट पार्दै नेकपा एमाले र नेपाली कांग्रेस मिलेर देश बनाउनका लागि यो सरकार गठन गरेको उनको दाबी रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै ०६४ को निर्वाचनमा सरकार र प्रशासन नै माओवादीका कारण निरीह बन्नुपरेको उल्लेख गरेका छन् ।

सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने छाती पिटाइ, कपाल लुछाइ र बिलौनाको कुनै काम नरहेकोले देशलाई स्थायित्व र स्थिरता दिन बनेको दुई तिहाइको
यो सरकारले देशमा स्थिरता कायम गर्नुका साथै विकासको गतिमा सधै उदयमान भैरहने प्रधानमन्त्री ओलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *