सम्पत्ति शुद्धीकरण मामिलामा अन्तर्राष्ट्रिय अनुगमनमा जान सक्ने नेपालको बलियो सम्भावना

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा जोखिमयुक्त देशमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जान सक्ने नेपालको बलियो सम्भावना रहेको बताएका छन् ।

सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवसमा सोमबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

आर्थिक अपराध नियन्त्रणमा नेपालको प्रयासलाई एपीजीले उच्च, राम्रो, मध्यम र न्यून भनी वर्गीकरण गर्दा नेपाल ग्रे लिस्टमा पर्ने सम्भावना रहेको उनले संकेत गर्दै सम्पत्ति शुद्वीकरण मामिला अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) एसिया प्यासिफिक ग्रुप एपीजीले नेपाल जोखिमपूर्ण देश (ग्रे लिस्ट) मा जाने अवस्था देखिएको गभर्नर अधिकारीले बताएका छन् ।

एफएटीएफले सम्पत्ति शुद्धीकरण गैह्रकानुनी क्रियाकलाप निवारण गर्ने उद्देश्यसाथ निर्धारण गरेका अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएका आधारमा एपीजीले सम्पत्ति शुद्धीकरण कालोसूचीमा लैजाने गरेको छ ।

एफएटीएफले १७ देखि २१ फेब्रुअरीसम्म गर्ने मूल्यांकनमा नेपालका सबै रिपोर्ट हेरेर ग्रे लिस्टमा राख्ने वा नराख्ने निर्णय हुने बताउँदै उनले नेपाल सम्पत्ति शुद्धीकरण ग्रे लिस्टमा समावेश भएपनि चाँडै बाहिर निस्किने धेरै आधार बनेको समेत उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *