अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिलाई कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै १२ जना वकिल पदबाट बर्खास्त

देश/विदेश समाचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिलाई कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै १२ जना वकिलहरु पदबाट बर्खास्त भएका छन् ।

राष्ट्रपति  ट्रम्पमाथि चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको आरोपमा अनुसन्धान गर्ने १२ जना वकिलहरुलाई नै पदबाट बर्खास्त गरिएको हो ।

बीबीसीका अनुसार उनीहरुले नीतिलाई राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिललाई पदबाट हटाउने निर्णय गरेको जनाइएको छ ।

बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु रहेका छन् । उनीहरु ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न थिए ।

जो बाइडनले चुनाव जित्ने निश्चित भएपछि ट्रम्प समर्थकहरु तोडफोडमा उत्रिँदा स्थिति तनावपूर्ण भएको थियो । त्यसपछि ट्रम्पमाथि चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको आरोपमा अनुसन्धानका लागि स्मिथलाई विशेष वकिलको रुपमा नियुक्त गरिएको थियो । तर सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्प विजयी भएपछि अनुसन्धानको फाइल बन्द गरिएको थियो । ट्रम्पले पद सम्हाले लगत्तै उनीहरुलाई पदबाट हटाउने घोषणा गरेका थिए ।

बर्खास्तीको निर्णय सोमबारदेखि नै कार्यान्वयनमा आएको बीबीसीले जनाएको छ । यसैबीच ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । नयाँ कार्यकारी आदेश ट्रान्सजेण्डरको सैन्य भर्ती, कोभिड भ्याक्सिन लगाउन इन्कार गर्नेहरुलाई सैनिक सेवामा पुनर्वहाली तथा विविधता र समावेशीसँग सम्बन्धित रहेको बीबीसीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *