शीतल निवासमा दीप प्रज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ

जीवन दर्शन देश/विदेश राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज दीप प्रज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गरेका छन् ।

शीतल निवासमा मंगलबार  एक समारोहबीच लामा गुरुहरूले विशेष पूजा र मन्त्रोच्चारणका साथै, तामाङको सांस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोको प्रस्तुति समेत गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।

गणितीय ज्योतिष परम्परामा आधारित ल्होसार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अङ्ग भएको बताउँदै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ भन्ने आफूले बुझेको उनले स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले तामाङ लगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसारको पावन अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको शुभकामना व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *