रामचन्द्र बस्नेत
नेपालका राजनीतिक दलहरुलाई स्थापित गर्न र केन्द्रदेखि वडास्तरसम्म संगठन विस्तार गर्न पत्रकार र विद्यार्र्थी संगठनहरुले ठूलो भूमिका खेलेका थिए । पत्रकारहरुले पञ्चायती व्यवस्थाविरुद्ध कलम चलाएर बहुदलीय व्यवस्थाहुँदै लोकतान्त्रिक गणन्त्रसम्म आइपुग्न अहोरात्र खटी सर्वसाधारण जनतालाई सुसूचित गरेका थिए । त्योसँगै नागरिक समाजले पनि दलहरुलाई सहयोग पुग्ने विभिन्न खबरदारी आन्दोलनहरु गर्दथे । त्यसैगरी देशैभरबाट उच्च शिक्षा हासिल गर्न विभिन्न सरकारी काम्पसमा भर्ना हुने विद्यार्थीहरुले आन्दोलनको अगुवाई गर्दथे । सरकारी क्याम्पसमा पढ्ने विद्यार्र्थीहरु कुनै न कुनै राजनीतिक दल निकट विद्यार्र्थी संगठनमा आबद्ध हुन्थे ।
त्यतिबेला नेपाली कांग्रेस निकट नेपाल विद्यार्र्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी निकट अखिल क्रान्तिकारीलगायत विभिन्न राजनीतिक दलनिकट विद्यार्र्थी संघसंगठनमा आबद्ध हुने गरेका थिए । जुनसुकै पार्टीले विरोध, धर्ना, आमसभा अथवा सरकारविरुद्ध खबरदारी आन्दोलन चर्काउनुपरेमा सोही दलनिकट विद्यार्र्थीहरु अग्रपंत्तिमा सडक तताउन पुग्थे । चाहे त्यो पञ्चायतविरुद्धको सत्याग्रह होस्, चाहे २०४६ सालको जनआन्दोलन होस, चाहे सरकारविरुद्ध प्रतिपक्षी दलले गर्ने खबरदारी आन्दोलनहुँदै २०६२÷६३ को संयुक्त जनआन्दोलन नै किन नहोस् । यी सबैखाले आन्दोलनमा अग्रपंत्तिमा विद्यार्र्थी, पत्रकार, नागरिक समाज, कलाकार, बुद्धिजीवी, लेखक, राहित्यकारलगायत विभिन्न जनवर्गीय संगठनहरु आउने गर्दथे ।
तिनै शक्तिको आडमा २०६२÷६३ को आन्दोलनसम्म सफल हुने पुगेको थियो । तर, राजनीतिक दलका नेताहरु आफ्नो पार्टीनिकट भ्रातृ, मातृ र सुभेच्छुक संघ, संगठनलाई बेवास्ता गर्दै व्यक्तिगत सम्पत्ति आर्जन गर्ने, व्यापार, व्यवसाय र ठेक्कापट्टामा लागेर पैसा कमाउनेतिर लिप्त हुन थालेपछि विद्यार्र्थी संगठनहरु पलायन हुन थाले । विभिन्न पार्टीका नेताहरु नै सरकारी क्याम्पसहरुलाई बेवास्ता गरेर निजी कलेज खोल्ने, आफ्नो छोराछोरीलाई निजीमा पढाउने, गाउँ–गाउँका कार्यकर्ताका छोराछोरीहरु पनि आफ्ना निजी कलेजमा पढाउने गर्न थले । त्यसयता सरकारी क्याम्पसमा दलनिकट विद्यार्र्थी संगठनहरु घट्न थाले ।
निजी कलेजमा विद्यार्र्थीहरुले राजनीतिक संगठन खोल्न पाउँदैनन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्र्थीहरुले संगठन खोल्न नपाएपछि उनीहरुमा राजनीतिक चेतना पनि हुने भएन । हिजो सरकारी क्याम्पसमा पढ्ने विभिन्न राजनीतिक संगठनमा आबद्ध विद्यार्र्थीहरुले जुलुस र नारासहित सडक तताउने गरेका थिए । त्यो विद्यार्र्थीको आन्दोलनलाई सर्वसाधारणसम्म सुसूचित गराउने काम पत्रकारहरुले गर्थे । पत्रकार र विद्यार्थीको आडमा राजनीतिक दलहरु सडकमा उत्रिने गर्दथे । राजनीतिक दलहरुले आज तीनै पत्रकार र विद्यार्र्थीहरुलाई विर्सँदै गएका छन् । कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुले राजनीतिक आन्दोलन तताउने गरेका थिए ।
तीनै विद्यार्र्थीहरुको आन्दोलनबाट राजनीतिक दलहरु स्थापितहुँदै राष्ट्रपति, प्रधानमन्त्री बन्न पुगे । आज नेविसंघ र अनेरास्ववियु कुन दुलामा छन् भन्ने कुरा नत कांग्रेसलाई थाहा छ न एमालेलाई नै । अहिले कुनै राजनीतिक दलको आन्दोलनमा विद्यार्थीहरु आउन छाडेका छन् । अनेरास्ववियु र नेविसंघको अधिवेशन पनि लामो समयदेखि भएको छैन । स्वतन्त्र विद्यार्र्थी युनियनको अधिवेशनको त कुरै नरौं । पछिल्लो समय सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु राजनीतिक दलहरुसँग आबद्ध हुन छाडेका छन् । राजनीतिक दलहरुले पनि विद्यार्र्थीहरु खोज्न छाडेका छन् । नयाँ विद्यार्र्थीहरु बोर्डिङमा पढ्ने र प्लसटु गरेपछि विदेश जाने गरेका छन् ।
त्यसकारणले नेपालको राजनीतिमा विद्यार्थीको अभाव खड्किएको छ । राजनीतिमा लागेका विद्यार्थीहरुलाई पनि निष्पक्ष र स्वतन्त्र ढंगले अगाडि बढ्न दिने भन्दा गुटबन्दी गरेर नेविसंघ र अनेरास्ववियुको राजनीति गर्नेहरु हावी हुदैँ गएपछि अन्य विद्यार्थीहरु राजनीतिबाट टाढिन थालेका छन् । त्यसको असर राजनीति दलहरुमा परेको छ । दलहरुलाई विद्यार्र्थीले मात्र असर पारेका छैनन् दलनिकट विभिन्न भ्रातृ, मातृ, सुभेच्छुक तथा जनवर्गीय संगठनहरुमा पनि नयाँ पुस्ताहरु सहभगी हुन छाडेर स्वतन्त्रतिर मोडिएका छन् । राजनीतिक दलले निष्ठावान कार्यकर्ताहरुलाई पाखा पारेपछि उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीलाई राजनीति भन्दा टाढा रहेर पढाइमा जोड दिन सुझाउन थालेका छन् । खासगरी नेता, प्रधानमन्त्री, सांसद र राज्यका उच्च पदस्थ कर्मचारीहरुले आफ्नो छोराछोरीहरु निजी विद्यालयको पढाइ सिद्धिएपछि विदेश पठाउने कारणले पनि विद्यार्थी संगठनहरु कमजोर हुँदै गएका हुन् ।
उता, पत्रकारहरुले पनि हिजो मिसन पत्रकारितामार्फत राजनीतिक दलहरुलाई सहयोग गर्दै आएका थिए । तर, तिनै राजनीतिक दलका नेताहरुले “खोलो त¥र्यो, लौरो बिर्सियो” जस्तो व्यवहार गर्न थालेपछि पत्रकारले पनि सहयोग गर्न छोडेका छन् । दलनिकट पत्रकारहरुको संगठनहरु पनि नेताहरुको व्यक्तिपिच्छे गुटगत व्यवहारका कारण पलयान हुँदै गएका छन् । दलनिकट पत्रकारका नेताहरुमा पनि संगठनलाई चुस्तदुरुस्त र बलियो बनाउनेभन्दा आफू नेता नजिक भएर फाइदा लिने स्वार्थले गर्दा छिन्नभिन्न हुँदै गएका छन् । दलनिकट पत्रकारका नेताहरु पनि संगठनलाई भँजाएर खाने तर पत्रकारिता नगर्ने परिपाटी हावी हुँदै गएको छ ।
पार्टी, सिद्धान्त र निष्ठाभन्दा व्यक्तिवादी गुटबन्दी हावी भएपछि पत्रकारहरुका संगठन पनि छिन्नभिन्न हुन थालेका छन् । पहिला कुनै दलले सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गर्दा अघिल्लै दिन सो दलनिकट विद्यार्थीहरुले साँकेजुलुस प्रदर्शन गर्दथे । त्यसले जनसरोकार बढाउने काम हुन्थ्यो । अहिले त्यस्ता जोश, जाँगर भएका विद्यार्थी संगठनहरु कुन चरिको नाम झैं गुमनाम भएका छन् ।
सत्तासिन हुन् अथवा प्रतिपक्षी पुराना राजनीतिक दलहरुको यस्तै रवैया रहिरहने हो भने आगामी २०८४ को निर्वाचनमा नयाँ पुस्ताबाट भोट होइन चोट हात लाग्ने देखिन्छ । पुराना दलहरुले विद्यार्थी संगठनलाई वास्ता गर्न छाडेपछि स्वतन्त्र अथवा अन्यको नाममा आएका बालेन, हर्क, गोपी र रविहरु फस्टाउन थालेका हुन् । अहिले कांग्रेस, एमाले, माओवादीलगायत दलका नेताहरुकै छोराछोरीले बाबु, आमाले नेता भएर चलाएको पार्टीलाई पत्याउन छाडेका छन् । त्यसकै परिणाम स्वरुप दलहरु अलोकप्रिय हुँदै गएका छन् । नयाँ पुस्तालाई त्यस्तो अवस्थामा पु¥याउने यिनै दलका नेताहरु हुन् । सबैमा चेतना भया ।