सेवाभन्दा सेमिनार र गोष्ठीमा रमाउँदै कर्मचारी नेताहरु

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलनिकट कर्मचारी नेताहरु कार्यालयको काम छोडेर आफ्नो संगठनलाई बलियो बनाउन लागिपर्ने गरेका छन् । कर्मचारी संगठनको राजनीतिमा होमिने कर्मचारी नेताहरु कर्मचारीहरुको सेवासुविधामा भन्दा आफ्नै सेवा, सुविधामा लिप्त हुने गरेका छन् । त्यसले गर्दा पनि कर्मचारीहरु नेता बन्नको लागि होडवाजी गर्ने गर्दछन् । निजामती कर्मचारीको उप–नियम बमोजिम कर्मचारीले बिदा लिँदा पटक–पटक अथवा एकैचोटी पाँच वर्षसम्म बिदा बस्न पाउने अधिकारको व्यवस्था गरिएको छ ।

त्यसले गर्दा पनि कर्मचारी नेताहरुको होडवाजी चल्ने गरेको छ । त्योसँगै राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ,संस्थामा सेवा गर्न जाने कर्मचारीलाई पनि त्यो सुविधा दिने गरिन्छ । कर्मचारीको सेवा अवधिभरमा पटक–पटक वा एकैपटक गरी तीन वर्षसम्म बिदा बस्न पाउने अधिकारको व्यवस्था गरिएको छ । त्यसको लागि निजामति सेवा ऐन–४९ मा यस्तो व्यवस्था गरिएको छ । जस्तै निजामति सेवासँग सम्बन्धित कानूनको निर्माण गर्दा नेपाल सरकारले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको सल्लाह र सुझाव लिन सक्ने छ । उपदफा ३ बमोजिम गठन भएका राष्ट्रिय स्तरका ट्रेड युनियनहरु आधिकारिक ट्रेड युनियनका आफ्नो कार्यक्षेत्र अनुकूल स्थानमा सरुवाको माग भएमा अख्तियारवाला सो अनुकूल हुने गरी सरुवा गर्ने व्यवस्था गरिएको छ ।

उपदफा १ र ३ बमोजिम गठित राष्ट्रियस्तरका ट्रेड युनियनका केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई युनियनसँग सम्बन्धीत स्वदेश तथा विदेशमा सेमिनार, गोष्ठी, अधिवेशन संगठन सम्बन्धी कार्य गर्न, कार्यक्रममा भाग लिनको लागि नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी एक वर्षमा ३० दिनसम्मको काजको व्यवस्था गरिएको छ । त्यो सुविधा लिनको लागि र व्यक्तिगत फाइदा उठाउनको लागि पनि निजामति कर्मचारीहरु विभिन्न राजनीतिक दलमा आबद्ध हुने गरेका छन् ।

त्योसँगै निजामती कर्मचारीको ट्रेड युनियनलाई महासंघ गठन गर्ने त्यसको सदस्यता बन्ने, अन्तर्राष्ट्रिय संघ, वा महासंघको सदस्य बन्ने त्यसमा आफ्नो संस्थाबाट प्रतिनिधि बन्न पाउने भएकाले पनि कर्मचारीहरु राजनीतिमा होमिने गरेका छन् । त्यसरी राजनीतिमा लागेका कर्मचारीहरुले न त सर्वसाधारणलाई सेवा दिन सकेका छन् न त कार्यालयमा बसेर काम नै गरेका छन् । निकट भविष्यमै कांग्रेस र एमाले निकट कर्मचारी संगठनको अधिवेशन हुँदै छ । सो अधिवेनबाट नेतृत्व हत्याउनको लागि कर्मचारीहरु देश दौडाहामा उत्रिएका छन् ।

देश दौडाहामा मात्रै उत्रिका छैनन, यातायात खर्च र टिएडिएको नाममा अन्य कर्मचारी र संघसंस्थाहरुसँग रकम उठाउने काम गर्दै आएका छन् । उता, राजनीतिक दलहरुले पनि इमानदारपूर्वक सेवाग्राहीको काम गर्ने र कार्यालयमा बस्ने कर्मचारीलाई भन्दा राजनीति गर्ने र संगठनको नाममा उठ्तीपुठ्ती धन्दा सञ्चालन गर्ने कर्मचारीलाई नै काखी च्याप्ने गरेका छन् ।  राजनीतिक नेता र कर्मचारी नेताको यस्तै प्रवृत्तिलेृ गर्दा देशमा सुशासन र विकास निर्माणका कामहरु अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *