शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ

देश/विदेश प्रशासन समाचार

काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धानेश्वर प्रसाईंलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख घुससहित पक्राउ गरेको छ ।

पेन्सनपट्टा बनाइने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेपछि प्रसाईंलाई घुससहित रंगेहात पक्राउ गरिएको हो । अनुसन्धानको सिलसिलामा उनले कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा बनाइदिनका लागि बिभिन्न बहानामा ३ लाख घुस लिएको पुष्टि भएकोले उनिविरुद्व मुद्दा दायार गरिएको अख्तियारका प्रवक्ताले जानकारी दिएका हुन् ।

कार्यालय सहयोगी अधिकारी र बिचौलिया न्यौपानेसमेतविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *